भ्रष्टाचारसम्बन्धी ३० मुद्दामा प्रत्यर्थी झिकाउने आदेश
काठमाडौँ । सर्वोच्च अदालतमा चार वटा इजलासमा भ्रष्टाचारसम्बन्धी ११७ थान मुद्दा मध्ये ३० वटामा प्रत्यर्थी झिकाउने आदेश भएको छ ।
७ वटामा पुनरावेदकको कानुन व्यवसायीबाट स्थगित गराइएको छ भने बाँकी मुद्दा भने आज हेर्न नभ्याउने सूचीमा राखिएको छ ।
सर्वोच्च अदालतले २०७७ पछि दर्ता भएका घुससँग जोडिएका भ्रष्टाचार मुद्दा एक साथ पेसीमा तोकेको थियो ।
सर्वोच्चले भ्रष्टाचारसम्बन्धी मुद्दालाई प्राथमिकतामा राखेर दुई महिनाअघि देखि एकै प्रकृतिको मुद्दाका लागि इजलास गठन गर्दै आइरहेको छ ।
शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा भ्रष्टाचारसँग सम्बन्धित ३० थान मुद्दा पेसीमा तोकिएको थियाे । त्यस्तै न्यायाधीश हरिप्रसाद फुयाँल र न्यायाधीश शान्तिसिंह थापाको संयुक्त इजलासमा २९ थान पेसी रहेको थियो ।
साथै न्यायाधीशद्वय कुमार चुडाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा २९ थान मुद्दा पेसी तोकिएको थियो । साथै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा २९ थान पेसी तोकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण