शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

एमाले विधान महाधिवेशन : ४ वटा प्रतिवेदन पेस, कर्ण थापाको फरक मत के हुन्छ ?

शुक्रबार, २० भदौ २०८२, २१ : ०७
शुक्रबार, २० भदौ २०८२

काठमाडौँ । नेकपा एमालेको जारी विधान महाधिवेशनमा पहिलो दिन उद्घाटनसँगै चार वटा प्रतिवेदनमात्र पेस भएका छन् । 

जसमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको सांगठानिक र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवदन पेस भएको हो । 

शनिबार निर्वाचन आयोग,लेखा र अनुशासनको आयोगका प्रतिवेदन पेस हुने छन् । स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको फरक मत भने पहिलो दिन नै पेस हुने कार्यसूची भएपनि पेस हुन सकेन । 

अध्यक्ष केपी शर्मा ओलीले भोलि ३ वटा मात्र प्रतिवेदन पेस हुने हललाई जानकारी गराएका छन् । त्यसले गर्दा थापाको फरक मत भोली पनि पेस नहुने सम्भावना बढेको एक महाधिवेशन प्रतिनिधिले जानकारी दिए । 

थापाले विद्या भण्डारीको सदस्यता कायम हुनुपर्ने लगायतको फरक मतका लागि पार्टीमा निवेदन दिएका थिए । 

तर, आज उनको फरक मत पेस नभएपछि भोलि नहुने सम्भावना रहेको एमाले नेताहरूले बताएका छन् । शनिबार ८ बजेबाट महाधिवेशन सुरु हुने र १० बजे प्रतिवेदन पेस गरिसकेर समूहगत छलफल थाल्ने पनि ओलीले जनाउ दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप