बागलुङमा घ्यू भण्डारण गर्न ‘कोल्ड स्टोर’ सञ्चालन
सारांश
- बागलुङमा घ्यू भण्डारणका लागि १० टन क्षमताको चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ।
- बागलुङ दुग्ध सहकारी सङ्घले २० लाखको लागतमा घ्यू कोल्ड स्टोर निर्माण गरेको हो।
- कोल्ड स्टोरले घ्यूलाई उचित तापक्रममा भण्डारण गरी बिक्री गर्न सघाउनेछ।
बागलुङ । बागलुङमा घ्यूको उचित तापक्रममा भण्डारणका लागि १० टन क्षमताको चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
जिल्लामा किसानको दूधको सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै आएको बागलुङ दुग्ध सहकारी सङ्घले स्थापना गरेको उद्योगमा रु २० लाखको लागतमा घ्यू कोल्ड स्टोर बनाइएको हो ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोगमा घ्यू कोल्ड स्टोर निर्माण गरिएको दुग्ध सहकारी सङ्घ बागलुङका अध्यक्ष दिपक गौतमले जानकारी दिए । सङ्घको रु १० लाख र रु१० लाख पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको अनुदानमा १० टन क्षमताको कोल्ड स्टोर बनाइएको हो ।
जिल्लाका एक हजार ४०० भन्दा बढी किसानबाट दैनिक तीन हजार ५०० लिटर दूधको सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै आएको सङ्घले घ्यूलाई उचित तापक्रममा भण्डारण गरी बिक्री गर्नका लागि घ्यू कोल्ड स्टोरले सघाएको गौतमले बताए ।
“दूधको माग घटबढ हुन्छ, कहिले दूधको माग धान्नै सकिन्न कहिले दूध धेरै भएको हुन्छ, दूधबाट छुर्पी बनाउँदा ठुलो परिमाणमा घ्यू उत्पादन हुन्छ, उत्पादन भएको घ्यू एकै पटक बजारमा बिक्रीसमेत हुँदैन त्यसैले घ्यूलाई उचित तापक्रममा भण्डारण गर्न सानो फ्रिजले पुग्दैन” गौतमले भने “दूधको खपत कम हुँदा उत्पादन भएको घ्यूलाई क्रमशः बिक्रीका लागि १० टन क्षमताको कोल्ड स्टोर अझै कम हुन्छ हामीलाई तर अनुदानले राहत मिलेको छ ।” कोल्ड स्टोरमा घ्यूलाई माइनस डिग्रीमा भण्डारण गरिँदै आइएको छ ।
अहिले सङ्घले रु एक हजार ५०० मा एक केजी घ्यू बिक्री गर्दै आएको छ । दूधसँगै दूधजन्य उत्पादन पनिर, छुर्पी, घ्यू र खुवा उत्पादन गर्दै आएको सहकारी सङ्घले आर्थिक वर्ष २०८१/८२ मा किसानबाट रु आठ करोड ९३ लाखको नौ लाख ९२ हजार लिटर दूध खरिद गरेर बिक्री गर्दै आएको छ । दूधमा आत्मनिर्भर जिल्लाका रूपमा रहेको बागलुङमा २४ प्रारम्भिक सहकारी र एक सङ्घले दूधको सङ्कलन र बजारीकरण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण