शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
खेलाडी

फुटबलबाट संन्यास लिँदै भरत खवास

शनिबार, २१ भदौ २०८२, १३ : ०९
शनिबार, २१ भदौ २०८२

सारांश

  • भरत खवासले १७ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्।
  • उनले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलपछि सन्यास लिने बताएका छन्।
  • खवासले नेपालका लागि ६६ खेल खेलेर १० गोल गरेका छन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । १७ वर्षसम्म नेपाली फुटबलमा योगदान दिएका भरत खवासले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने भएका छन्। उनले घरेलु मैदानमा बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलपछि संन्यासको घोषणा गर्ने भएका हुन्।

मोरङको सुन्दरहरैँचा नगरपालिकाका भरत सन् २००८ मार्च २५ मा पोखरा रंगशालामा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । उनी एन्फा एकेडेमीको दोस्रो ब्याचका खेलाडी हुन् । ३३ वर्षीय उनले एकेडेमीमा ८ वर्ष बिताए।

भरतले घरेलु फुटबलको यात्रा सङ्कटा क्लबबाट सुरु गरेका थिए। त्यसपछि एक वर्ष फ्रेन्ड्स क्लबमा बिताए। २०६६ र ०६८ सालको लिगमा पुलिस क्लबबाट खेलेर लिग च्याम्पियन बने। 

पछि उनी त्रिभुवन आर्मी क्लबमा जोडिए। उनले आर्मीलाई भने लिग उपाधि दिलाउन सकेनन्।

Bharat-Khawas

  • अन्तर्राष्ट्रिय करियर

भरतले नेपालका लागि १७ वर्षको अवधिमा ६६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् र १० गोल गरेका छन्। उनले ७ खेलमा कप्तानको आर्मब्यान्ड पनि लगाएका छन्। उनको अन्तर्राष्ट्रिय करियरमा सन् २०१३ मा काठमाडौँमा भएको साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध गरेको गोल निकै चर्चित छ।

युवा पुस्तालाई अवसर दिनका लागि आफूले संन्यास लिन लागेको उनले बताएका छन्। रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘मैले नेपालका लागि जति योगदान गर्न सक्ने थिएँ, गरेँ। अब युवा खेलाडीहरूको पालो हो। मैले अब दुई अन्तर्राष्ट्रिय खेल खेलेर नेपालका लागि फुटबलबाट बिट मार्नेछु। तर, फुटबलको कुनै न कुनै भूमिकामा आउनेछु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप