भक्तपुर पुगेर धान रोपाइँ गरे देउवाले
काठमाडौँ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिय धान दिवसको अवसरमा भक्तपुर पुगेर रोपाइँमा सहभागी भएका छन् ।
नेपाल किसान संघ जिल्ला कार्यसमिति भक्तपुरले चाँगुनारायण नगरपालिका ७ स्थित भद्रकालीमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा नेपाली काँग्रेसका सभापति देउवा सहभागी भएका हुन् ।
देउवाले सो अवसरमा धान रोपाइँ समेत गरेका थिए ।
सो अवसरमा बोल्दै सभापति देउवाले सबै मिलेर पार्टीलाई अगाडी बढाउनु पर्ने बताए । सबै एक भएमा अगामी दिनमा पार्टी पुन मुुलुक एक नम्बर पार्टी हुने भन्दै देउवाले गल्ती कमीकमजोरीलाई सुर्धादै अगाडी बढ्न आग्रह गरे ।
कार्यक्रममा केन्द्रिय सदस्य डिना संगौला, काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा र नगरसभापति यादव अधिकारीले मुलुकमा क्युनिष्टहरुको अराजकता बढेको अरोप लगाएका थिए ।
‘धान उत्पादनमा बृद्धिः राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण