जेनजीको आक्रोश स्वाभाविक, भ्रष्टाचारविरुद्ध हाम्रो आन्दोलन जारी छ : प्रचण्ड
आइतबार, २२ भदौ २०८२, २१ : ४८
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजीको आक्रोशलाई स्वभाविक भनेका छन्।
- प्रचण्डले सामाजिक सञ्जालमाथिको अवरोधलाई जनताको अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भनेका छन्।
- भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधविरुद्धको प्रदर्शनमा सरकारले बल प्रयोग नगर्न उनले आग्रह गरे।
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजीको आक्रोश स्वाभाविक भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जेनजीले भोलि गर्न लागेको प्रदर्शनलाई स्वाभाविक भएको बताएका हुन् । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमाथि गरिएको अवरोधलाई जनताको अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भन्दै कडा आपत्ति जनाएका छन् ।
उनले युवाहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधविरुद्ध गर्न लागेको प्रदर्शन स्वाभाविक भएको बताए ।“सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस्। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन निरन्तर जारी छ,” प्रचण्डले सामाजिक सञ्जालमार्फत स्पष्ट पारे ।
प्रचण्डले भ्रष्टाचारविरुद्ध जनतासँग मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आन्दोलनलाई अझ प्रभावकारी बनाइने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण