अत्यधिक इन्टरनेट ट्राफिकका कारण नेटवर्कमा असामान्य चाप, सेवा गुणस्तरमा गिरावट
काठमाडौं । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले पछिल्लो समयमा अन्तर्राष्ट्रिय इन्टरनेट ट्राफिकमा निरन्तर वृद्धि भएपछि असामान्य चाप खेप्नु परेको बताएकाे छ ।
साेमबार आइस्पानका अध्यक्ष सुधिर पराजुलीले नेटवर्कमा ब्यान्डविथ क्षमता साँघुरिने समस्या उत्पन्न भएको र सेवाको गुणस्तरमा गम्भीर असर पर्न थालेको उल्लेख गरिएकाे छ ।
अत्यधिक ट्राफिकका कारण प्रयोगकर्ताहरूले इन्टरनेट गति सुस्त हुनु, लेटेन्सी बढ्नु, प्याकेट लस हुनुजस्ता समस्याहरू भोगिरहेका छन् । यसले बैंकिङ प्रणाली, व्यावसायिक कारोबारदेखि सामान्य इन्टरनेट प्रयोगसम्म प्रभावित भएको आइस्पानले जनाएकाे छ ।
हालको अवस्था यस्तै रहिरहेमा व्यापक रुपमा इन्टरनेट सेवा अवरुद्ध हुने खतरा समेत रहेको चेतावनी दिइएको छ ।
यसबारे प्राधिकरणले क्षतिपूर्ति कसरी उपलब्ध गराउन सकिन्छ भन्नेबारे मार्गनिर्देशन दिनुपर्ने माग समेत आइस्पानले गरेकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण