शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

थकित अर्जेन्टिना र जोशिलो फ्रान्स : अनुभवीले जित्लान् वा युवाले ?

शनिबार, १६ असार २०७५, १० : ४४
शनिबार, १६ असार २०७५

काठमाडौँ । सन् २०१४ को विश्वकप फुटबलको फाइनल, सन् २०१५ र ०१६ मा कोपा अमेरिकाको फाइनल । यसरी पछिल्ला ४ वर्ष अर्जेन्टिनाले तीनवटा फाइनल खेल्यो । 

उपाधि जित्न नसकेपनि यस्तो दुर्लभ प्रदर्शनलाई राम्रै मान्नुपर्छ । फेरि सबै फाइनलमा अर्जेन्टिनाले अत्यन्तै प्रतिस्पर्धात्मक खेल देखाएको थियो । त्यसैले अर्जेन्टिनी टोलीमा खास परिवर्तन भएन । 

सन् २०१० को विश्वकपमा समुह चरणबाटै बाहिरिएपछि फ्रान्सेली फुटबल संकटग्रस्त अवस्थामा पुगेको थियो । टोलीका खेलाडी र प्रशिक्षकबीचको विवादका कारण फ्रान्सका फ्यान स्तब्ध थिए । त्यसयता फ्रान्सले टोलीमा परिवर्तन थालेको हो  । 

युवा फ्रान्स 
डिडियर डेसच्याम्पले सन् ०१२ मा प्रशिक्षण थालेयता यो टोलीले ठूला प्रतियोगितामा राम्रो खेल्दै आएको छ । फ्रान्सले ०९८ मा विश्वकप जित्दा डेसच्याम्प नै टोलकिा कप्तान थिए ।

उनी स्टार पावरमा नभएर टिमवर्कमा विश्वास राख्छन् । तर, फ्रान्सका लागि यो निकै सुखद हुनसक्छ कि टोलीका सबै खेलाडी स्टार छन् । तर, खतरा पनि छ किनकी टोलीका खेलाडीहरुँसग ठूला प्रतियोगिताको पर्याप्त अनुभव छैन । डिज्ब्रेल सिडीबी, नबिल फेकिर, कालियन एमबाप्पे, थोमस लेमार, ओशमान डेम्बेले लगायतका युवा खेलाडीहरुसँगै फ्रान्सको टोलीमा  एनगोलो कान्टे, ओलिभर जिरु, पाउल पोग्बा लगायतका अनुभवी खेलाडी पनि छन् । जबकी, अर्जेन्टिनाका भेट्रान खेलाडीहरुको दाँजोमा  यी खेलाडीको अनुभव पनि केही होइन । फ्रान्सको २३ सदस्यीय टोलीमा १० खेलाडीले मात्रै २० भन्दा बढी खेल खेलेका छन् । ५० भन्दा बढी खेल खेल्ने खेलाडीको संख्या ४ मात्रै छ । समग्रमा टोलीको औसत उमेर २६ वर्ष छ । यो टोली प्रतियोगितामा सहभागी भएका ३२ टिममध्ये कान्छो टिमको सूचीमा दोस्रो स्थानमा छ । 

पछिल्लो समय फ्रान्सको सबैभन्दा राम्रो प्रदर्शन घरमै आयोजना भएको युरो २०१६ को फाइनल हो । जहाँ, पोर्चुगलसँग यो टोली स्तब्ध भएको थियो । जारी विश्वकपमा समुह चरणका तीन खेलमध्ये २ जीत र एक बराबरी खेल्दै फ्रान्सले दोस्रो चरणको यात्रा गरेको हो । फ्रान्सले त्यस क्रममा ३ गोलमात्रै गरेको छ । एन्टोनियो ग्रिजम्यान र कालियन एमबाप्पेजस्ता स्टार फुटबलर समेटिएको अग्रपंक्ति जसरी चल्ने अपेक्षा गरिएको थियो । त्यस्तो देखिएको छैन । 

अनुभवी तर थकित अर्जेन्टिना 

जर्ज साम्पाओलीको प्रशिक्षक विश्वकपका छनोट हुनकै लागि अर्जेन्टिनाले संघर्ष गर्नुप¥यो । छनोट भइसकेपछि दोस्रो चरण पुग्न हम्मे–हम्मे प¥यो । आइसल्यान्डसँगको बराबरी र क्रोयशियासँगको हारले संकट गहिरिएको थियो । तर नाइजेरिया विरुद्धको सनसनीपूर्ण खेलमा २–१ को जित निकाल्दै अर्जेन्टिनाले दोस्रो चरणको यात्रा ग¥यो । क्रोएशिया विरुद्ध बिर्सनलायक प्रदर्शन गरेको अर्जेन्टिनाले नाइजेरिया विरुद्धको खेलमा व्यापक सुधार ल्याएको थियो । फ्रान्स विरुद्धको खेल जित्ने हो भने अर्जेन्टिनाले अझै टोलीमा सुधार ल्याउन जरुरी छ । 

अर्जेन्टिनाका राम्रो पक्ष भनेको टोलीका गिरेको आत्मविश्वास फर्किएको छ । प्रशिक्षक र खेलाडीबीचकको बढ्दो दूरी घटेको छ । नाइजेरिया विरुद्ध जीत हासिल गरेपछि खेलाडीसँग खुसी साट्न छाडेर डे«सिंग रुमतर्फ सम्पाओलीलार्ई कप्तान मेस्सीले जीत श्रेय दिदैं अंगालो मारेका थिए । खेलाडीसँगकै विवादले बर्खास्तीमा पर्न लागेका प्रशिक्षकप्रति खेलाडीले देखाएको यस्तो सम्मान सम्झनलायक रहनेछ ।  ‘लियोको प्रस्तुतीले मलाई सधैँ गर्वित पार्छ । उनलाई थाहा छ मैले गरेका काममा मेरो प्यासन कति रहन्छ भन्ने,’ साम्पाओली भन्छन्, ‘हामीले रसिया आएर अर्जेन्टिनाका लागि केही महत्वपूर्ण जित्ने सपना बाँड्ने गरेका छौं । फ्रान्स विरुद्ध जीत हासिल गर्नका लागि हामीले एकैनासको प्रदर्शन गर्नेपर्छ ।’

अर्जेन्टिनाको ठूलो भरोसा नै मेस्सी हुन् । गोलकिपर मार्को अर्मानीले नाइजेरिया विरुद्धको आफ्नो डेब्यु खेलमै सम्झनलायक प्रदर्शन गरेका छन् । डिफेन्समा मार्कोस रोहो, निकोलास ओटामेन्डी, ग्याब्रियल मारकाडो लगायतका खेलाडीले उत्कृष्ट खेल्न जरुरी छ । यी खेलाडीले नाइजेरिया विरुद्ध सुधारिएको खेल देखाएका थिए । मारकाडोकै पासमा रोहोले निर्णाय गोल गरेका थिए  । जाभियर मास्चेरानो र इभर बनेगाले मिडफिल्डमा सुधारिएकाको खेल देखाएपनि अग्रपंक्तिमा मेस्सीलाई साथ दिने खेलाडी अझै भेटिएको छैन । नाइजेरिया विरुद्धको खेलमा गोन्जालो हिग्वाइनले न बल पास गर्न सके न त गोलका लागि सम्झलायक प्रयास नै गरे । त्यसअघिका खेलमा सर्जियो अगुएरो चुकेका थिए भने एन्जेल डि मारियाले पनि खासै राम्रो खेल्न सकेनन् । बरु उनको विकल्पमा मैदान छिरेको क्रिष्ट्रियन पाभोनले विपक्षीमाथि दबाब सिर्जना गरेका थिए । त्यसैले पाभोन आजको खेलमा नियमित ११ मा पर्न सक्छन् । अर्जेन्टिनी टोलीमा अनुभवी खेलाडीको बाहुल्यता रहेपनि समुह चरणका खेलमा उनीहरु थकितजस्तो देखिएका छन् । विश्वकपमा लामो यात्रा गर्ने हो भने यी खेलाडीहरुले मानसिकता बदल्न जरुरी छ । 

केही तथ्य
फ्रान्स र अर्जेन्टिना एकअर्का विरुद्ध १२ औं पटक भिड्न लागेका हुन् । दक्षिण अमेरिकी देशले अहिलेसम्म ६ खेल जितेको छ भने ३ खेल बराबरीमा टुंगिएको छ । फ्रान्सले २ खेलमात्रै जितेको छ । 

फ्रान्सबिरुद्ध विश्वकपमा भएका २ भेटमा अर्जेन्टिना विजयी भएको छ । उसले सन् १९३० मा १–० र १९७८ मा २–१ को जित हासिल गरेको थियो  ।

१३ औं विश्वकप खेलेको अर्जेन्टिनाले १२ औं पटक पहिलो चरण पार गरेको छ । अर्जेन्टिना सन् २००२ मा मात्रै समूह चरणबाटै बाहिरिएको थियो । 

मेस्सीले अहिलेसम्म विश्वकपको नकआउट चरणमा गोल गर्न सकेका छैनन् । उनले खेलका नकआउट चरणका सबै खेलको समय जोड्दा ६ सय ६६ मिनेट हुन आउँछ । डियगो म्याराडोना र ग्राबियल बाटिस्टुटासँगै अर्जेन्टिनका लागि तीन फरक विश्वकपमा गोल गर्ने संयुक्त किर्तिमान मेस्सीको नाममा छ । 

फ्रान्सका ओलिभर गिरुले विश्वकप र युरो समेत जोड्दा पछिल्ला ३ सय ५७ मिनेट कुनै गोल गर्न सकेका छैनन् । ठूला प्रतियोगितामा यति लामो अवधिसम्म उनी गोलविहीन बनेको यो पहिलो पटक हो । उनले पछिल्लो समय युरो २०१६ मा आइसल्यान्ड विरुद्धको क्वाटरफाइनलमा गोल गरेका थिए । यस विश्वकपमा २ सय मिनेटसम्म मैदानमा बिताएर पनि उनले फ्रेममा प्रहार गर्न सकेका छैनन् । 

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप जितेको छ भने फ्रान्स सन् १९९८ को च्याम्पियन हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप