व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण हुने स्थितिको अन्त्य गर्न निजी क्षेत्रको आग्रह
सारांश
- जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रका उद्योग, प्रतिष्ठान र घरमा तोडफोड तथा आगजनी भएको भन्दै निजी क्षेत्रले आगामी दिनमा यस्ता घटना नहुने वातावरण बनाउन आग्रह गरेको छ।
- आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केट, चन्द्रागिरी हिल्स, मौलाकाली केबलकार, हिल्टन होटल, एनसेलको मुख्यालयलगायतमा क्षति पुगेको थियो।
- निजी क्षेत्रले सामाजिक न्याय, सुशासन, वाक स्वतन्त्रता र व्यवसायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै लगानी र रोजगारी प्रवर्द्धनको वातावरण बनाउन आग्रह गरेको छ।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगजनी भएको भन्दै निजी क्षेत्रले आगामी दिनमा आक्रमण नहुने वातावरण बनाउन आग्रह गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै महासङ्घले पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएको भन्दै व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको भत्र्सना गरेको हो ।
साथै महासङ्घले व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताको लागि सम्पूर्ण सबैको ध्यानाकर्षण गराएको छ । महासंघकाअनुसार उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौं रुपैयाँ बराबरको क्षति भएको छ । यसबारे महासङ्घले थप विवरण सङ्कलन गरिरहेको छ । क्षतिका कारण राजश्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आङ्कलन महासङ्घले गरेको छ ।
महासङ्घले सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहितको मर्यादित रोजगारी सम्भव रहेको बताउँदै स्थायित्वका लागि युवाहरूको चाहना अनुरुप सुशासन, वाक स्वतन्त्रता, स्वतन्त्र भएर पेसा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता गर्न जरुरी रहेको बताएको छ । लगानी एवं रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरी समुन्नत समाज निर्माणमा योगदान पुर्याउन महासङ्घले सबैमा आग्रह समेत गरेको छ ।
यस्तै नेपाल उद्योग परिसंघ (सीएनआई) ले निर्दोष नागरिकको ज्यान जाने कुनैपनि प्रकारको हिंसाको कडा शब्दमा निन्दा गरेको छ ।
परिसंघले संयमता अपनाउन सबै सरोकारवालालाई अपिल गर्दै शान्ति, सुरक्षा र रचनात्मक संलग्नतालाई प्राथमिकता दिन आग्रह गरेको छ । साथै, लोकतान्त्रिक अभिव्यक्ति सुरक्षित राख्नुपर्ने र कानुन, व्यवस्था तथा मानव जीवनको पवित्रता सुनिश्चित गर्ने पहलमा निरन्तर समर्थन रहने स्पष्ट पारेको छ । हालैका जेन्जी आन्दोलनमा सरकारले दमन गरेपछि दोस्रो दिनको आन्दोलनका क्रममा निजी क्षेत्रका उद्योगी–व्यवसायीमाथि आक्रमण भएको थिए । मीनबहादुर गुरुङले सञ्चालन गरेका देशभरका १२ वटा भाटभाटेनी सुपरमार्केटमा लुटपाटपछि आगजनी गरिँदा अन्य आधा दर्जन शाखामा समेत क्षति पुगेको थियो । हालैको आन्दोलनका क्रममा व्यापक तोडफोड र आगजनीबाट ठुलो क्षति भोगेको भाटभटेनी सुपरमार्केटले पुनः उठ्ने संकल्प समेत गरेको छ ।
जेन्जी आन्दोलनका क्रममा चन्द्र ढकालको नेतृत्वमा बनेको चन्द्रागिरी हिल्स र मौलाकाली केबलकारको बटम स्टेशन तोडफोडपछि जलाइएको थियो ।
शंकर ग्रुपद्वारा निर्माण गरिएको नक्सालस्थित पाँचतारे हिल्टन होटलमा आगजनीपछि ठुलो क्षति भएको छ भने एनसेलको लैनचौरस्थित मुख्यालयमा समेत आगो लगाइएको थियो ।
उद्योगी शेखर गोल्छाको घरमा तोडफोड गरी चार वटा गाडी जलाइयो भने सञ्जय गोल्छाको निवास समेत पूर्णरूपमा ध्वस्त पारिएको थियो । बसन्त चौधरीको ठमेलस्थित घरमा क्षति पुगेको छ भने एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोको आवासमा पनि लुटपाट र आगजनी भएको थियो । थापाथलीस्थित टाटा, हुन्डाइ, महिन्द्रा र सिजी मोटर्सका शोरुमलगायत जलाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण