सहकारीका फाइल व्यवस्थापन गर्दै कर्मचारीहरू
काठमाडौँ । शुक्रबार दिउँसो एक कर्मचारी चौर भरि कागजपत्र फिँजाएर बटुल्दै थिए । मौलाएको दुवोमा पलेटी मारेर बसेका ती कर्मचारी जलेर नष्ट हुनबाट बचेको सक्ला कागजात समेटिरहेका थिए ।
अन्य केही कर्मचारी पनि उनलाई सघाउने र फाइल मिलाउने काममा व्यस्त थिए । यो दृश्य भदौ २७ शुक्रबार दिउँसो १ बजे तिरको हो र घटना बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयको हो । मन्त्रालयको प्राङ्गणमा लहलहाउँदो दुवोमा पलेटी कसेर बस्ने कर्मचारी थिए राम गजुरेल ।
उनी सहकारीका फाइल तथा रेकर्डहरूलाई व्यवस्थित गर्न व्यस्त थिए । सरकारीका उजुरी, तथ्याङ्क तथा अन्य विवरण समावेश भएको पत्रहरू व्यवस्थित गर्ने काममा उनी सक्रिय थिए । कागजात व्यवस्थित गरेर पुनः सेवा प्रवाह गर्ने तयारीका साथ पुनः निर्माणमा उनीहरू जुटेका थिए ।
गत भदौ २४ गते मंगलबार भएको जेन जी प्रदर्शनका क्रममा आगजनीले ध्वस्त बनाएको प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय पनि एक हो । प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको लगानीमा निर्मित सो भवनमा मन्त्रालयसहित सहकारी महाशाखा राखिएको थियो ।
पछिल्लो समय सहकारी पीडित नागरिकका उजुरी र समस्या समाधान गर्ने केन्द्र बन्ने क्रममा रहेको उक्त मन्त्रालयमा जेन जी आन्दोलनमा आक्रोशित प्रदर्शनकारीले आगो लगाउँदा संरचनामा ठुलो क्षति पुगेको छ ।
मन्त्रालयका अनुसार, प्रदेशका १३ जिल्लामा रहेका करिब ३२ सय सहकारीका ढड्डा खरानी भएका छन् । कार्यालय प्रयोगका अधिकांश सामग्री जलेका छन् । तर, प्रदेश मातहत रहेका सहकारीहरू र उजुरी परेका सहकारीका फाइलहरू भने सुरक्षित बताइएको छ ।
मन्त्रालयको २ वटा कोठामा स्टोर गरिएका सहकारीका ढड्डा पूर्ण रूपमा जले पनि उजुरीसम्बन्धी कागजात भएको कोठा भने जोगिएको मन्त्रालयका सूचना अधिकारी रामप्रसाद गजुरेलले जानकारी दिए ।
सहकारीको विवरण कोमोमिस प्रणालीमा अभिलेखीकरण गरिएकाले करिब २ हजार ७०० सहकारीको तथ्याङ्क सुरक्षित रहेको उनले दाबी गरे । कागजी ढड्डा जले पनि अनलाइन प्रणालीमा रहेका अभिलेख सुरक्षित भएकाले सहकारी पीडितले चिन्ता लिनुपर्ने अवस्था नरहेको उनले बताए ।
‘मन्त्रालयको तल्लो तलामा सहकारीको फाइलहरू थिए । यहाँ धेरै क्षति भयो । अन्य कोठामा रहेको फाइलहरूलाई भने आगजनीबाट क्षति पुर्याउन सकेन ।’ उनले भने, ‘जल्नबाट बचेका केही फाइललाई सुरक्षित स्थानमा सार्ने र आवश्यक कागजातको खोजी कार्यका लागि मन्त्रालयकै टोली खटिएका छौँ । सरसफाइ र उद्धार कार्यलाई पनि निरन्तरता दिएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण