समाचार
संसद र जनताले नचिनेको टीकाराम प्रधानमन्त्री नियुक्तः सूर्य थापा
शुक्रबार, २७ भदौ २०८२, २२ : ५४
७
सारांश
- सुशिला कार्की प्रधानमन्त्री नियुक्त भएपछि एमाले नेता सूर्य थापाले नियुक्ति असंवैधानिक भने।
- थापाले संसद विघटन गरी निर्वाचन गर्ने निर्णयलाई लिएर धारा १३२(१) र (२) पढ्न आग्रह गरे।
- उनले अदालतले निर्णय बदर गर्ने आशा व्यक्त गर्दै, प्रधानमन्त्रीको नियुक्तिलाई लिएर कटाक्ष गरे।
काठमाडौँ । प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त भएसँगै नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले कार्कीको नियुक्ती असंवैधानिक र निषेधित काम भएको बताएका छन् ।
संसद विघठन गर्दै ६ महिनामा संसदीय निर्वाचन गर्नेगरी कार्की प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै नेता थापाले यस्तो प्रतिक्रिया दिएका हुन् । साथै उनले संविधानको धारा १३२ (१) र (२) पढ्न समेत आग्रह गरेका छन् । उनले न्यायलयले निर्णय बदर गर्ने आशा समेत प्रकट गरेका छन् ।
‘संविधानको धारा १३२ (१) र (२) पढौं, सिधै असंवैधानिक र निषेधित काम भएको छ । सर्वोच्च न्यायालयले बदर गर्नु अनिवार्य छ’, थापाले भनेका छन्, ‘संसद र जनताले नचिनेको टीकाराम प्रधानमन्त्री नियुक्त । बिहान उठ्दा नागरिक, राती नसुत्दै कृपामा प्रधानमन्त्री । तर प्रधानमन्त्री सरकारी पद नै हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
७ प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण