भारत
नेपालमा अन्तरिम सरकार गठनप्रति भारतको स्वागत
शनिबार, २८ भदौ २०८२, ०० : २७
सारांश
- भारतले नेपालमा नयाँ अन्तरिम सरकार गठनलाई स्वागत गरेको छ।
- भारतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको सरकारलाई शान्ति र स्थायित्वको कदम ठानेको छ।
- भारतीय विदेश मन्त्रालयले दुवै देशको हितका लागि नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ। नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा भारतले स्वागत गरेको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई भारतले नेपालको शान्ति र स्थायित्वलाई सुदृढ पार्ने सकारात्मक कदमका रूपमा लिएको जनाएको छ।
भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निकटतम छिमेकी, साझा लोकतन्त्र र दीर्घकालीन विकास साझेदारको रूपमा भारत नेपालसँग दुवै देश र जनताको समृद्धि र हितका लागि नजिकबाट सहकार्य गर्न प्रतिबद्ध छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण