कोशीको मुख्यमन्त्री कार्यालय र प्रदेश सभाको खरानी अझै उठेन, आफू बस्ने कार्यकक्ष हेर्दै फर्किन्छन् कर्मचारी
सारांश
- कोशी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आगलागी हुँदा भवन ध्वस्त भएको छ।
- मुख्यमन्त्री कार्यालयका प्रवक्ताले प्रतिक्रिया दिन चाहेनन् भने सेवा प्रवाह कहिले सुरु हुने अझै टुङ्गो छैन।
- प्रदेश सभा भवन, उच्च अदालत, र अन्य सरकारी कार्यालयहरूमा पनि प्रदर्शनकारीले आगजनी गरेका थिए।
विराटनगर । असरल्ल बिजुलीका तार । भुइँभरि छरपष्ट झ्यालका सिसा र खरानीका डल्ला । आगोले नपोलिएका काठ तथा अन्य धातुका वस्तु । ‘हरर सिनेमा’को सुटिङस्थल जस्तै छ कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसर ।
खरानी र जलेका प्लाष्टिकका गन्ध, जलाइएका सरकारी गाडीहरूले नै विध्वंस कति भयानक थियो भन्ने देखाउँछ । ‘ओहो ! मेरो कार्यकक्ष । मेरो कुर्सी त यस्तो भएछ,’ त्यही कार्यालयमा कार्यरत एक कर्मचारीले आफ्नो कार्यकक्ष देखाउँदै भने ।
फाट्टफुट्ट पुग्ने कर्मचारीहरू आफ्नो कार्यकक्ष पुग्छन्, हेर्छन् र विरक्त मान्दै फर्किन्छन् ।
_aC1x5dZK8P.jpg)
मुख्यमन्त्री कार्यालयको पहिलो तला ध्वस्त छ । दोस्रो तलामा रहेको प्रमुख सचिवको कार्यकक्षमा कम क्षति भएको छ भने राज्यमन्त्री सिर्जना राईको कार्यकक्ष पूर्ण रूपमा क्षतिग्रस्त छ । त्यसको तुलनामा तेस्रो तलामा रहेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीको कार्यकक्षमा केही टि–टेबलमा राखिएका सिसा फोडिए पनि क्षति छैन, तर अधिकांश कागजपत्र जलेका छन् ।
_D3Akpf0Ek7.jpg)
अहिलेसम्म मुख्यमन्त्री कार्यालयले सेवा प्रवाह कहिले सुरु गर्ने भन्ने निर्णय गरेको छैन । मुख्यमन्त्री कार्यालयका प्रवक्ता एकदेव अधिकारीले कार्यालयको अनुगमन गरे पनि केही प्रतिक्रिया दिन चाहेनन् । कार्यालयको सरसफाइ र मुचुल्का कहिले उठ्छ, कुनै टुङ्गो छैन ।
_uRmmtzmDWD.jpg)
मुख्यमन्त्री कार्यालयको मात्रै होइन, कोशी प्रदेश सभाको हालत पनि उस्तै छ । सभाहलको भवन ध्वस्त भएको छ । सचिवालायको पहिलो तला पूर्ण रूपमा जलेको छ । दोस्रो र तेस्रो तलामा केही सामानहरू सुरक्षित छन् । यस्तै प्रदेशको सामाजिक विकास मन्त्रालयबाहेक सबै मन्त्रालय जलेका छन् । जलेका मन्त्रालयको सरसफाइ र मुचुल्का उठाउने काम कहिले हुन्छ भन्ने कुनै टुङ्गो छैन ।
_5gRo9eOudi.jpg)
प्रदेश सरकारका मुख्यमन्त्री कार्की, मन्त्रीहरू भूमिगतजस्तै छन् । प्रदर्शनकारीले प्रदेश सभा भवन, उच्च अदालत विराटनगर, मोरङ जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आगो लगाए । विराटनगरको मुख्य बजार ट्राफिक चोकमा रहेको आन्तरिक राजस्व कार्यालयका सवारी साधनमा समेत तोडफोड र आगजनी भएको थियो । उक्त कार्यालयले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द रहने जनाएको छ ।
_pw2Q5uiWJ1.jpg)
_B3q6eyjyNw.jpg)
_KkBKdQAlPy.jpg)
_qLHVSIkjEB.jpg)
_uGho3J0R5d.jpg)
_apFmlFg104.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण