कारागार फर्किए रवि
अन्ततः कारागार फर्किए रवि लामिछाने, कागजी प्रक्रिया चल्दै
शनिबार, २८ भदौ २०८२, १९ : १४
ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागार फर्काउने तयारी भएको छ ।
कारागार व्यवस्थापन विभागका प्रवक्ता सोमेन्द्र न्यौपानेका अनुसार लामिछाने कारागार पुगिसकेका छन् । ललितपुर प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले पनि रविको कागजी प्रकिया पूरा गर्ने काम भइरहेको जानकारी दिएका छन् ।
जेनजी प्रदर्शन उग्र बनेपछि लामिछाने नक्खु कारागारबाट बाहिरिएका थिए । पार्टीका कार्यकर्ता र नेताहरूले उनलाई कारागारबाट निकालेका थिए । त्यसयता लामिछानेले पटक पटक आफू प्रक्रिया पुर्याएर मात्र कारागारबाट बाहिरिएको प्रष्टोक्ति दिँदै आएका थिए । शनिबार दिउँसो भने उनले आफू कारागार फर्किन लागेको फेसबुकमार्फत जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
तनहुँ प्रवेश गर्ने भारतीय सवारीलाई प्रहरीको सचेतना
-
२४ लाख बराबरका मोबाइल, फोन बरामद
-
अब श्रमिक उडाउँदैमा जिम्मेवारी नसकिने, म्यानपावरले अनिवार्य अनुगमन गर्नैपर्ने
-
महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण