व्यवसायीलाई महासङ्घको आग्रह : लुटेको सुनचाँदी बेच्न आउन सक्छन्, विशेष सतर्कता अपनाउनुहोला
सारांश
- नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले व्यवसायीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
- आन्दोलनका कारण भएको क्षति र लुटपाटका घटनालाई मध्यनजर गर्दै, परिचयपत्र र कागजात जाँच गर्न आग्रह गरिएको छ।
- सुरक्षाका लागि सीसीटीभी, अर्लाम जडान गर्न र शंकास्पद गतिविधि भए प्रहरीलाई खबर गर्न महासङ्घको सुझाव छ।
काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले जेनजी आन्दोलनका क्रममा भएको क्षति र असामान्य सुरक्षा अवस्थालाई मध्यनजर गर्दै व्यवसायीहरूलाई विशेष सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।
महासङ्घले आन्दोलनका क्रममा ऐतिहासिक सम्पदा, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालयदेखि निजी सम्पत्तिसम्ममा ठुलो क्षति पुगेको उल्लेख गर्दै कैयौँ कैदीबन्दी फरार भएको र लुटपाटका घटना भइरहेकाले व्यवसायीले सावधानीपूर्वक कारोबार गर्न एक सूचनामार्फत आग्रह गरेको हो ।
महासङ्घका महासचिव निर बहादुर विश्वकर्मा (विमल)द्वारा जारी सूचनामा चोरी वा लुटपाट भएका सुनचाँदी समेत बजारमा आउन सक्ने सम्भावना उच्च भएकाले कुनै पनि कारोबार गर्दा ग्राहकको प्रमाणित परिचयपत्र र आवश्यक कागजात अनिवार्य रूपमा जाँच गर्न व्यवसायीलाई आग्रह गरिएको छ ।
त्यस्तै बहुमूल्य गरगहनाको सुरक्षाका लागि सीसीटीभी, अर्लाम वा अन्य उपकरणहरूको व्यवस्था मिलाउन, भीडभाडलाई नियन्त्रणमा राख्न, अपरिचित व्यक्तिलाई सजिलै पसल वा घरमा प्रवेश नदिने र कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरी वा सुरक्षाकर्मीलाई जानकारी गराउन पनि महासङ्घले सुझाएको छ ।
आगामी चाडपर्वलाई ध्यानमा राख्दै व्यवसाय सुरक्षित सञ्चालन गर्न स्थानीय सरकार तथा नजिकको प्रहरीसँग निरन्तर समन्वयमा रहन महासङ्घले सम्पूर्ण व्यवसायीलाई विशेष आह्वान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण