आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नवलपरासीका जनप्रतिनिधिको सातदिने अल्टिमेटम - आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्नू

मङ्गलबार, ३१ भदौ २०८२, १९ : १२
मङ्गलबार, ३१ भदौ २०८२

बुटवल । जेनजी आन्दोलनको मौका छोपेर पश्चिम नवलपरासीका सरकारी कार्यालय र निजी सम्पत्ति तोडफोडमा संलग्नलाई कारबाही गर्न नवलपरासीका जनप्रतिनिधिहरूले सातदिने अल्टिमेटम दिएका छ्न् ।

पूर्वमन्त्री हृदयेश त्रिपाठी, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार र प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले आज संयुक्त पत्रकार सम्मेलन गरी प्रमुख जिल्ला अधिकारीलाई उजुरी दिएका हुन् । 

लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारले आफ्नो घर जलाउनुपूर्व घरभित्र छिरेर लुटपाट गरिएको र त्यसपछि आगजनी गरिएको बताए । 

त्रिपाठीले  घटनामा राजनीतिक दलका कार्यकर्ताहरू संलग्न भए राजनीतिक रूपमै हल गरिनुपर्ने अन्यथा आपराधिक क्रियाकलापमा संलग्न भएकाले प्रशासनले चाँडो निष्कर्ष निकालेर कारबाहीको दायरामा ल्याइनुपर्ने उनले माग गरे । प्रशासनले एक हप्ताभित्र कारबाही भएको महसुस नगरा जनतालाई आफूहरूले रोक्न नसक्ने उनले चेतावनी पनि दिए । 

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आगजनी र तोडफोडमा संलग्नहरू तस्करी र आपराधिक क्रियाकलापमा संलग्न रहेकाहरू भएका आरोप लगाए । प्रशासनले एक हप्ताभित्र कानुनी कारबाही नगरे आफूहरूले फरक कदम चाल्नेसमेत उनले चेतावनी दिए । 

पश्चिम नवलपरासीमा भएका सरकारी कार्यालय र निजी सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन जनप्रतिनिधि र राजनीतिक दलहरू छलफलमा जुटेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप