राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो
काठमाडौँ । बलिउड अभिनेता वर्धन पुरीले नेपालको वर्तमान राजनीतिक अस्थिरताका कारण आफ्नो आगामी फिल्मको छायाङ्कन तालिका स्थगित भएको बताएका छन्। उनले अक्टोबर १ देखि नेपालमा छायाङ्कन सुरु गर्ने तयारी गरेका थिए।
वर्धनले गत वर्षको जुलाई २०२४ मा नेपाल भ्रमण गरेका थिए। ‘सन् २०२४ मा मेरो नेपाल यात्रा निकै रमाइलो थियो। मैले संसारभर यात्रा गरेको छु, तर यो मेरो सबैभन्दा अविस्मरणीय यात्रा मध्ये एक थियो,’ उनले भने। नेपालका मानिसहरू दयालु र स्वागतयोग्य रहेको बताउँदै उनले अहिले त्यहाँ भइरहेका घटनाक्रम देखेर आफू दुःखी भएको बताएका छन्।
काम र फुर्सद दुवैका लागि नेपाल आएका वर्धनलाई नेपाली मूलकी अभिनेत्री मनिषा कोइरालाले आमन्त्रण गरेकी थिइन्। ‘उहाँ एक उत्कृष्ट आयोजक हुनुहुन्थ्यो। नेपालमा उहाँले अपार माया पाउनुहुन्छ, उहाँलाई'नेपालकी छोरी' भनिन्छ,’ वर्धनले स्मरण गरे। पुरी अमरिस पुरीका नाती हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण