'सुस्केरा' मंसिरमा रिलिज हुने
सारांश
- चलचित्र 'सुस्केरा' पोस्ट प्रोडक्सनमा जुटेको छ।
- यो फिल्म कर्मवीर मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको हो।
- फिल्ममा शुभम अधिकारी, हार्दिक पौडेल, नायरा प्रसाईं लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । फिल्म 'सुस्केरा' पोस्ट प्रोडक्सनमा जुटेको छ । कर्मवीर मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक शंकर अधिकारी घायल हुन् ।
कर्म विर मल्टिपर्पोज इन्भेस्टमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा ममता रायमाझीको प्रस्तुति, डा. ओमकृष्ण प्रसाईं, मोहन गमाल, मनोज अधिकारीको निर्माण रहेको छ ।
सडक बालकको कथामा बनेको फिल्ममा शुभम अधिकारी, हार्दिक पौडेल, नायरा प्रसाईंको अभिनय रहेको छ भने साथमा शर्मिला शर्मा, दिनेश कोइराला, डा. ओमकृष्ण प्रसाईं, उषा किरण अधिकारी र अन्य बालकलाकार मनिषा श्रेष्ठ , सन्जित श्रेष्ठ , कल्पना भुजेल, उमेश मगर लगाएतको अभिनय छ ।
कुमार मानन्धरको छायांकन, सुरेश पाण्डेको नृत्य निर्देशन रहेको फिल्म मंसिरको छेको पारेर प्रदर्शन गरिने निर्माण युनिटले जनाएको छ । फिल्मको बितरण आर आर फिल्मसले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण