सुरु हुन थाले प्रभावित मिसन–२६ को विशेष प्रशिक्षण
काठमाडौँ । जेनजी आन्दोलनका कारण प्रभावित मिसन–२०२६ अन्तर्गत नेपाली राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण फेरि सुरु हुन थालेको छ ।
आगामी २० औँ एशियाली खेलकुद सन् २०२६ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म जापानमा हुँदै छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सोही एशियाली खेलकुदको तयारीका लागि २०८० साल माघ १५ गतेदेखि विशेष प्रशिक्षण सुरु भएको थियो ।
१९ औँ संस्करणको एशियाली खेलकुद सोही वर्षको असोज ६ देखि २१ गतेसम्म चीनको हाङझावमा भएको थियो । त्यसयता नियमित रूपमा विशेष प्रशिक्षण हुँदै आएको छ ।
यद्यपि जेनजी आन्दोलनले प्रशिक्षण प्रभावित हुन पुग्यो । उत्पन्न परिस्थितिका कारण खेलाडीले पाँच दिन प्रशिक्षण गर्न पाएनन् । मिसन–२६ मा रहेका ९ खेलमध्ये नेपाली राष्ट्रिय महिला भलिबल टोलीले शुक्रबार प्रशिक्षण गरे ।
मुख्य प्रशिक्षक जगदीश भट्टले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा प्रशिक्षण गराएका थिए ।
राखेप सदस्यसचिव टंकलाल घिसिङले पनि प्रशिक्षण निरीक्षण गरेका थिए । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यो आर्थिक वर्षका लागि मिसन–२६ को प्रशिक्षण भदौ १ गतेदेखि सुरु गरेको थियो ।
आन्दोलनले स्थिति असहज बन्दै गएपछि खेलाडीले प्रशिक्षण गर्न पाएका थिएनन् । विशेष प्रशिक्षणमा कराते, तेक्वान्दो (पारासहित), बक्सिङ, एथलेटिक्स, जुडो, महिला कबड्डी, महिला भलिबल, गल्फ र कुस्ती गरी ९ खेलका एक सय १० खेलाडी सहभागी छन् । प्रशिक्षण टोलीमा ४४ पुरुष र ६६ महिला छन् ।
आगामी एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्यसहित यो प्रशिक्षण सुरु गरिएको हो । गत एशियाली खेलकुदलगत्तै आगामी एशियाली खेलकुदका लागि विशेष प्रशिक्षण सुरु गरिएको पहिलोपल्ट हो ।
यसपल्ट राखेपले १० खेलका खेलाडीलाई तयारी गराए पनि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले भने ३२ वटा खेल आगामी एसियन गेम्समा दर्ता गराएको छ ।
गत बुधबार एनओसीले विज्ञप्ति जारी गर्दै नेपालबाट ३२ खेलका चार सय ३४ खेलाडी दर्ता गरिएको जनाएको थियो । उक्त एसियन गेम्सका लागि खेलाडीहरूको सङ्ख्या निर्धारण गर्ने अन्तिम मिति गत मंगलबार नै थियो ।
एनओसीले राखेप र युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्य र समन्वयबिना नै रहेको उक्त प्रक्रिया पूरा गरेको हो ।
विधान संशोधन र निर्वाचनका विषयलाई लिएर विवाद हुँदा अहिले नेपालमा समानान्तर रूपमा दुई वटा एनओसी छन् । यसै कारण जीवनराम श्रेष्ठको नेतृत्वको एनओसीलाई सरकारले मान्यता दिएको छैन ।
जसका कारण एनओसीले सङ्घको सिफारिसकै आधारमा खेल र खेलाडी सङ्ख्या दर्ता गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण