सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

ग्राउन्ड रिपोर्टः ‘११ जना झुण्डिएको देख्दा म भयभीत भएँ’

सोमबार, १८ असार २०७५, ०८ : ५३
सोमबार, १८ असार २०७५

मोहम्मद शाहिद / बीबीसी

उत्तरी दिल्लीको सन्त नगर बुराडी इलाकास्थित एक तीन तल्ले घर छ जसमा अब एउटा घरपालुवा कुकुरमात्र बचेको छ ।

घरका सबै ११ सदस्य आइतबार बिहान संदिग्ध स्थितीमा मृत पाइए, उनीहरुको  मुख कपडाले छोपिएका थिए र हात बाँधिएका ।

भाटिया परिवारको नामले प्रसिद्ध यो घरमा १० जना भुण्डिएको अवस्थामा पाइएका थिए भने सबैभन्दा वृद्धालाई भुइँमा मृत पाइएको थियो । मृत्यु हुनेमा सात महिला र चार पुरुष छन् जसमध्ये तीनजना १६ वर्ष मुनिका छन् । यो परिवार मूलतः राजस्थानका थिए तर २० वर्षभन्दा बढि सयमदेखि बुराडीमा नै बस्दै आइरहेका थिए ।

करिब ७५ वर्षीया महिला नारायण, उनका दुई छोरा भुप्पी (४६) र ललित (४२) यी दुईका श्रीमती सविता (४२) र टीना (३८) पनि भुण्डिएका थिए । भुप्पीका दुई वयस्क छोरी र एक नाबालिग छोराका साथै ललितका एक १२ वर्षका छोरा पनि मृत पाइए ।

११ मृतकमध्ये नारायणकी एक विधवा छोरी र उनकी छोरी अर्थात् नारायणकी नातिनी प्रियंका (३०) समेत समावेश छन् । प्रियंकाको जून १७ मा इन्गेजमेन्ट भएको थियो र उनको चाँडै नै विवाह हुने तयारीमा थियो ।

सेन्ट्रल रेन्जको संयुक्त पुलिस आयुक्त राजेश खुरानाका अनुसार प्रारम्भिक अनुसन्धानमात्र भएकाले स्पष्ट रुपमा अहिले केही पनि भन्न सकिन्नँ । उनले भने, ‘यसबारे अनुसन्धान चलिहेको छ तर यो हत्या वा आत्महत्या हो भन्ने बारे केही भन्न सकिँदैन ।’

गुरचरण सिंह

घटनाबारे कसरी थाहा भयो ?

उक्त घरको भुइँ तल्लामा दुईवटा पसल छन् । एउटा किराना पसल छ जुन भुप्पी चलाउँथे र अर्को प्लाइवुडको थियो जसका काम ललितले हेर्ने गर्दथे ।

एकै घरका ११ सदस्यको मृत्यु भएको खबर सबैभन्दा पहिले उनका छिमेकी गुरचरण सिंहलाई थाहा भयो । गुरचरण सिंहका अनुसार उनकी श्रीमती सधैं बिहान दुध लिन भाटिया परिवारको पसलमा जाने गर्थिन् तर उनको पसल त्यसदिन सात बजेसम्म पनि नखोल्दा उनकी श्रीमतीले माथि गएर हेर्न भनिन् ।

गुरचरण भन्छन्, ‘म घरभित्र जाँदा सबै ढोका खुल्ला थिए र सबैको शव भुण्डिएको अवस्थामा थिए । उनीहरुको हात बाँधिएका थिए । यतिधेरै मानिसहरु भुण्डिएको देखेर म भयभित भएँ । घर आएर मैले श्रीमतीलाई बताउँदा उनी त्यहाँ हेर्न जान चाहिन् मैले उनलाई रोकें ।’

अब एउटा घरपालुवा कुकुरमात्र

त्यसपछि गुरचरणले छिमेकीमा बस्ने एक पुलिसलाई बोलाए र उनले बिहान साढे सात बजे पीसीआरलाई फोन गरे ।

गुरचरणका अनुसार उक्त परिवार निकै राम्रो थियो । उनी भन्छन्, ‘कहिले काँही पैसा नहुँदा हाँसी हाँसी उधारो दिन्थे ।’

उक्त परिवारका नजिकका नवनित वत्राले पनि परिवार निकै राम्रो जो पूजा पाठमा निकै मन लगाउने बताए । उनका अनुसार पूरा परिवार दैनिक बेलुका सँगै बसेर पुजा गर्दथे ।

वत्राका अनुसार नारायणकी एक विवाहित छोरी पानीपतमा र अर्का जेठो छोरा राजस्थानमा बस्छन् ।

पुजारी मूलचन्द शर्मा

निकै धार्मिक थियो परिवारः

अर्का छिमेकी टी.पी. शर्माले उक्त परिवारको कहिले पनि कसैसँग दुश्मनी नदेखिएको बताए ।

शर्मा भन्छन्, ‘यो परिवार यति राम्रो थियो कि उनीहरुको शोकमा वरिपरिका सबै पसल बन्द छन् । उनीहरुले कहिले पनि कसैसँग झगडा गरेको देखिएन । हालै भुप्पीको भान्जीको इन्गेजमेन्ट भएको थियो, घरमा सबै ठिकठाक थियो । यो परिवार एकै ठाउँमा बस्ने भएकाले कहिले पनि कुनै पारिवारिक विवाद पनि थिएन ।’

नजिकै रोलको ठेला राख्ने मोहम्मद यूनुसले उनका नातिनीहरु उक्त घरमा ट्युशन पढ्ने गरेको जानकारी दिए । भुप्पीका दुबै छोरीहरुले ट्युशन पढाउने गर्थे ।

शवलाई पोष्टमार्टमका लागि लैजान राखिएका बाहन

यूनुस भन्छन्, ‘म आफ्ना नातिनीहरुलाई उक्त घरमा पुर्याउने गर्थे । मैले सधैं त्यहाँ आदर सत्कार पाएँ । घरलाई हेर्दा कहिले पनि त्यहाँ केही समस्या छ जस्तो देखिएन ।’

उक्त परिवार निकै धार्मिक भएको पनि बताइन्छ । यसै इलाकाका एक पुजारी मूलचन्द शर्माले आफ्नो उक्त घरसँग निकै राम्रो सम्बन्ध भएको र उनीहरु एक सम्पन्न परिवार भएको जानकारी दिए ।

उनी भन्छन्, ‘हिजो राती मेरो भुप्पीसँग भेट भएको थियो । मैले उनीसँग प्लाईको सामान मगाएको थिएँ उनले आज बिहान दिने बाचा गरेका थिए ।’

छिमेकी सीमा

आत्महत्या कि हत्या ?

छिमेकी सीमाले उक्त परिवार सँगै सत्संग जाने गरेको र कुनै पनि धार्मिक कार्यक्रममा अघि बढ्ने गरेको जानकारी दिइन् ।

उनी भन्छिन्, ‘किराना पसल बाहिर यो परिवारले सधैं एउटा कागजमा राम्रा विचारका कुराहरु लेख्ने गर्थे । दैनिक यो परिवारले सधैं केही न केही विचार लेख्ने गर्दथे । यति राम्रो विचार भएका मानिसहरु आत्महत्या कसरी गर्न सक्छन् ?’

सीमाका अनुसार उक्त परिवार निकै सम्पन्न थियो र बच्चाहरु पढे लेखेका थिए त्यसकारण उक्त घटनामा प्रश्न उठाउँछन् । परिवारका सबै कान्छा सदस्यले छिमेकीको सम्मान गर्ने गरेको उनले बताइन् ।

एकै परिवारका ११ को शव भेटियोः बिहान पसल नखोल्दा छिमेकीले देखे भयानक स्थिती

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप