अपडेट
टोपबहादुर रायमाझी डिल्लीबजार कारागारमा स्थानान्तरण
मङ्गलबार, ०७ असोज २०८२, १६ : २१
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीलाई डिल्लीबजार कारागारमा स्थानान्तरण गरिएको छ । कारागार व्यवस्थापन विभागले उनलाई सुन्धाराबाट डिल्लीबजार कारागारमा स्थानान्तरण गरेको हो ।
रायमाझीलाई मङ्गलबारबाट डिल्लीबजार कारागारमा राखिएको डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले रातोपाटीलाई बताए ।
जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा केन्द्रीय कारागार सुन्धाराबाट भागेका रायमाझी सोमबार कारागार फर्किएका थिए । त्यसपछि विभागले उनलाई डिल्लीबजार पठाएको हो । डिल्लीबजार कारागार भिआइपी कैदीहरूको रोजाइमा पर्ने गरेको छ । गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे पनि त्यहीँ छन् ।
नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरा सोही कारागारमा बसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण