आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सुन्धाराबाट भागेका कैदी पर्साबाट पक्राउ

बुधबार, ०८ असोज २०८२, १६ : ५९
बुधबार, ०८ असोज २०८२

सारांश

  • सुन्धारा कारागारबाट भागेका कैदी मुक्तिनारायण कुर्मीलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ।
  • कुर्मीलाई पत्नी हत्या अभियोगमा २५ वर्षको कैद सजाय तोकिएको थियो र उनी भदौ २४ गते भागेका थिए।
  • पक्राउ परेका कुर्मीलाई पुनः थुनामा राख्न सुन्धारा कारागार पठाइनेछ।

काठमाडौँ। जेनजी प्रदर्शनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका एक कैदीलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका-५ घर भएका ४० वर्षीय मुक्तिनारायण कुर्मी छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले रातोपाटीलाई जानकारी दिएअनुसार, कुर्मीलाई मंगलबार आफ्नै गाउँघरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।

३५ वर्षीया पत्नी संगीतादेवी कुर्मीको हत्या अभियोगमा पर्सा जिल्ला अदालतले कुर्मीलाई २५ वर्षको कैद सजाय तोकेको थियो। उनी भदौ २४ गतेको प्रदर्शनको मौका छोपी कारागारबाट भागेका थिए। डीएसपी बस्नेतका अनुसार उनलाई पुनः थुनामा राख्न केन्द्रीय कारागार सुन्धारा पठाइनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप