आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सरकारसँग वार्ता गर्न जेनजी आन्दोलनको एक समूहले बनायो वार्ता टोली

बुधबार, ०८ असोज २०८२, १९ : ४२
बुधबार, ०८ असोज २०८२

काठमाडौँ ।  जेनजी आन्दोलनका एक समूहका प्रतिनिधिहरूले राष्ट्रपति र सरकारसँग वार्ता गर्ने दाबी गरेका छन् । 

‘हामी नेपाल’ नेपालका संयोजक रहेका जेनजी प्रतिनिधि बताउने सुदन गुरुङले राष्ट्रपति र सरकारसँग भेटेर वार्ता गर्ने तयारी गरेको बताए ।

उनले भने ‘यो वार्ता टोली गठन गरेर हामीले वार्ता गर्न जाने भन्ने कुरा चाहिँ छ । अब धेरै कुराहरू हाम्रो एड्रेस गर्नुपर्ने हो । हामीले त इलेक्सन बनाउनका लागि सरकार त ढालेको हैन ।’

गुरुङले वार्ता टोलीमा रहेका सदस्यहरूको बारेमा  मिडियामार्फत नै जानकारी पाएको बताए । वार्ता टोलीमा सुदन गुरुङ, पुरुषोत्तम यादव, प्रवेशलाल, अध्यक्ष भट्टराई, पब्लु गुप्ता र खेमराज साउद लगायतको टिम रहेको छ ।

गुरुङले वार्ताको मुख्य उद्देश्य आम मान्छेको मागहरू पुरा गराउनु रहेको स्पष्ट पारे ।‘राष्ट्रपतिज्यूको सिग्नेचर त गर्नु पर्‍यो नि त । हाम्रो मागहरू पुरा गर्नु पर्‍यो नि त । माग भनेर जेनेरल पब्लिकको हो । हामीले इलेक्सन गराउनलाई त्यो दुई वर्ष अगाडि सार्नलाई त हैन नि त हामीले गरेको आन्दोलन,’ उनले भने । 

जेनजी आन्दोलनले अघि सारेका मागहरूलाई अहिलेसम्म किताबमा वा इतिहासमा पनि रेकग्नाइज नगरिएकोमा उनको गुनासो थियो । ‘किताबमा पनि हाम्रो बुक्समा पनि हाम्रो आन्दोलन यता रेकग्नाइज गर्‍या छैन । त्यो पनि चाहियो हो हामीलाई,’ गुरुङले रातोपाटीसँग भने । 

गुरुङका अनुसार  अहिले वार्ता टोली मात्रै गठन भएको छ र छलफलका एजेन्डाहरू भने तयार भइसकेका छैनन् । उनले भने, ‘एजेन्डाहरू अहिले तयार भइसकेको छैन । अब त्यो एउटा ड्राफ्ट बनाउँदै छौँ सबै जना मिलेर नै । जनमतको आधारमा अनि बल्ल हामी अगाडि बढ्छौँ,’उनले भने । 

वार्ता टोलीमा जेनजी आन्दोलनका सबै प्रतिनिधिहरूको सहभागिताबारे सोधिएको प्रश्नमा उनले ’म्याक्सिममको प्रतिनिधित्व’ रहेको बताए । यद्यपि ‘को जेनजी र को होइन’ भन्नेमा अन्योल रहेको पनि उनले स्वीकारे ।

 ‘हामीलाई पनि गाह्रो भइसक्यो को जेनजी हुन त हामी आफै पनि जेनजी हो । तर को जेनजी के जेनजी भन्ने नै थाहा भएन के यहाँ  अब यहाँ सबै जना के भन्छ कांग्रेस पनि जेनजी, एमाले पनि जेनजी आज प्रचण्ड पनि जेनजी भइसक्यो’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप