नर्भिकको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, साधारण शेयर निष्कासन प्रक्रिया सुरु गर्ने निर्णय
काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निष्कासन प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।
काठमाडौँमा बिहीबार सम्पन्न पाँचौँ वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो । साधारण सभाले चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।
साथै साधारणसभाले ५ सञ्चालकसमेत निर्विरोध निर्वाचित गरेको छ । साविकका सञ्चालकहरू नै निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतबाट घोषणा गरिएको थियो ।
निर्वाचित हुने सञ्चालकहरूमा राजेन्द्रबहादुर सिंह, मेघा चौधरी, भुवनचन्द्र भट्ट, गजेन्द्रमान श्रेष्ठ र मनिषकुमार खेम्का रहेका छन् ।
यसैगरी लेखा परीक्षकमा एसआर पाण्डे एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय पनि साधारणसभाले गरेको छ । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडमा परिवर्तन भएपछिको यो पाँचौँ साधारणसभा हो ।
नर्भिकले सर्वसाधारणका लागि जारी गरिने २५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण