२४ घण्टाको मौसम पूर्वानुमान : कहाँ-कहाँ वर्षाको सम्भावना ?
सारांश
- दसैँको फूलपातीको दिन देशभरको मौसममा मनसुनी वायुको प्रभाव कमजोर रहेको छ।
- कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
- मौसम पूर्वानुमान महाशाखाका अनुसार राति गण्डकी र सुदूरपश्चिम प्रदेशमा बदली रहने छ।
काठमाडौँ । सोमबार दसैँको फूलपाति । दसैँको बेला पनि मौसम सफा छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको समेत प्रभाव रहेको छ।
महाशाखाले सोमबार बिहान जारी गरेको आगामी २४ घण्टाको मौसमसम्बन्धी बुलेटिनका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।
यसैगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै तराई भू-भागका एक-दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यसैगरी राति गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।
गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी अहिले बिहान पनि राजधानीसहित देशका विभिन्न स्थानमा वर्षा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियामा फेरि युद्धको बादल
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण