बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
पर्यटन बोर्डको अपिल

करिब २० हजार विदेशी पर्यटकहरूको सुरक्षा तथा सहयोगका लागि स्थानीय समुदायमा अनुरोध

दर्ता भएका ट्राभल कम्पनी र लाइसेन्स प्राप्त गाइडसँग मात्र यात्रा गर्न आग्रह
शनिबार, १८ असोज २०८२, १२ : ३१
शनिबार, १८ असोज २०८२

सारांश

  • नेपाल पर्यटन बोर्डका अनुसार हाल नेपालमा २० हजार विदेशी पर्यटक छन्।
  • भारी वर्षाका कारण पर्यटकको सुरक्षाका लागि स्थानीय समुदायलाई सहयोग गर्न आग्रह गरिएको छ।
  • बोर्डले पर्यटकलाई ट्राभल कम्पनी र लाइसेन्स प्राप्त गाइडसँग यात्रा गर्न आग्रह गरेको छ।

काठमाडौँ । नेपाल पर्यटन बोर्डले हाल नेपालमा करिब २० हजार विदेशी पर्यटक काठमाडौँसहित देशभरका विभिन्न क्षेत्रमा रहेको जनाएको छ।

जल तथा मौसम विज्ञान विभागको अनुमानअनुसार देशभर जारी भारी वर्षा सोमबारसम्म निरन्तर रहने देखिएकाले पर्यटकहरूको सुरक्षा तथा सहयोगमा स्थानीय समुदाय, पर्यटन व्यवसायी र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

बोर्डले शनिबार विज्ञप्ति प्रकाशन गर्दै विशेष गरी स्थानीयलाई पर्यटकलाई खाना, बास र आवश्यक सहयोग उपलब्ध गराउन र मूल्यवृद्धि नगरी सहयोगी भाव देखाउन अपिल गरेको छ । 

पर्यटन बोर्डले विदेशी नागरिकलाई नेपालको कानुन अनुसार दर्ता भएका ट्राभल कम्पनी र लाइसेन्स प्राप्त गाइडसँग मात्र यात्रा गर्न, यात्रापूर्व गन्तव्य र सडक अवस्थाको जानकारी लिन र समस्या परेमा पर्यटन संकट हटलाइन ९११४४० मा सम्पर्क गर्न भनेको छ । 

साथै, टुर अपरेटरहरुलाई निरन्तर यात्रुहरूलाई जानकारी दिन, चालक–गाइडसँग सम्पर्कमा रहन र उद्धार सम्पर्कहरू तयार राख्न निर्देशन दिइएको छ । निरन्तर वर्षासँगै पहिरो, बाढी, आकस्मिक हिमपात र सडक अवरुद्ध हुने जोखिम बढेको छ ।

552812467_1109331571327047_8680593318052118448_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप