सार्वजनिक सेवा सुचारू गर्न निर्देशन
आइतबार, १९ असोज २०८२, १७ : ४३
सारांश
- गृह मन्त्रालयले विपद् जोखिममा नपरेका जिल्लाहरूमा सार्वजनिक सेवा नियमित गर्न निर्देशन दिएको छ।
- मन्त्रालयले आइतबार एक पत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।
- विपद् प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा सुचारु राख्न भनिएको छ।
काठमाडौँ । गृह मन्त्रालयले विपद् जोखिम र प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरुलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट आइतबार जारी पत्रबाट सो निर्देशन दिइएको हो । पत्रमा भनिएको छ, ‘विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूले सार्वजनिक सेवा सुचारू गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।’

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण