कोशी प्रदेश सरकारका मन्त्री के गर्दैछन् ?
सारांश
- कोशी प्रदेश सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई तीव्रता दिएको छ।
- मन्त्रीहरू फिल्डमै खटिएर उद्धार कार्यमा सक्रिय रहेको मुख्यमन्त्रीको भनाइ छ।
- प्रदेश सरकारले डिजिटल जोखिम नक्सा तयार गरी पालिकालाई उपलब्ध गराएको छ।
विराटनगर । कोशी प्रदेश सरकारले हालैको बाढी–पहिरो प्रभावित क्षेत्रमा आफ्नो स्रोत–साधनलाई भ्याएसम्म परिचालन गर्दै राहत तथा उद्धार कार्य तीव्र बनाएको दाबी गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना इलाममै रहँदै राहत तथा उद्धारमा खटिएका छन् । प्रदेशका अन्य मन्त्रीसमेत आ–आफ्ना जिल्लाका प्रभावित क्षेत्रमा गएर प्रत्यक्ष रुपमा उद्धार तथा राहत कार्यमा सहभागी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशका सबै मन्त्री फिल्डमै रहेर राहत कार्यमा जुटिरहेको जानकारी दिए । उनका अनुसार भौतिक तथा पूर्वाधार मन्त्रालयमार्फत बाढी–पहिरोका कारण अवरुद्ध भएका सडक तथा साना बाटो खोल्नका लागि १४ वटा पूर्वाधार कार्यालयलाई तत्काल काम अघि बढाउन निर्देशन दिइसकिएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्लास्तरीय सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीमार्फत समन्वय र सहकार्य गरिरहेको छ । सो मन्त्रालयका मन्त्री रेवतीरमण भण्डारीका अनुसार सबैतिर आवश्यक समन्वय गरी उद्धार कार्यमा सक्रियता देखाइएको छ । ‘हामी सबै मन्त्री फिल्डमै रही जनताको सुरक्षाका लागि काम गरिरहेका छौँ,’ मन्त्री भण्डारीले भने ।
उनका अनुसार केही दिनअघि मन्त्रालयले प्रदेशका सुरक्षा निकायलाई लाइफ ज्याकेट, बोटलगायतका विपद्–उद्धार सामग्री वितरण गरेको थियो, जसका कारण अहिले उद्धार कार्य सहज भएको छ । करिब दुई करोड रुपैयाँ बराबरका ती सामग्री यसै वर्ष सुरक्षा निकायलाई उपलब्ध गराइएको उनले जानकारी दिए ।
मन्त्री भण्डारीले कोशी प्रदेश सरकारले देशकै पहिलो पटक डिजिटल जोखिम नक्सा तयार गरी कुन–कुन स्थान उच्च जोखिममा छन् भन्ने विवरण सबै पालिकालाई उपलब्ध गराइसकेको बताए । यो विपद् व्यवस्थापनका लागि एउटा महत्त्वपूर्ण सूचना र सहयोग रहेको उनको दाबी छ । ‘प्रदेश सरकारले सबै स्रोत–साधनलाई भ्याएसम्म प्रयोग गर्दै विपद् प्रभावित जनतासँगै खटिएको छ,’ उनले भने ।
मन्त्री भण्डारीका अनुसार केही समयअघि भएको आन्दोलनका क्रममा मन्त्रालयमा रहेका केही राहत तथा उद्धार सामग्री नष्ट भए पनि हाल थप सामग्री वितरणका लागि प्रयास भइरहेको छ ।
मुख्यमन्त्री कार्कीले स्थानीय पालिकासँगको समन्वय र सहकार्यलाई अझ सुदृढ बनाइएको उल्लेख गर्दै प्रदेश सरकार विपद् व्यवस्थापनमा पूर्ण रूपमा सक्रिय रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण