मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप प्रिभ्यू : इङ्ल्यान्ड विरुद्ध कोलम्बिया

मङ्गलबार, १९ असार २०७५, १३ : ०५
मङ्गलबार, १९ असार २०७५

एजेन्सी । १६ वर्षदेखि टेलिभिजनमा अरु नै देशको खेल हेर्दा वाक्क भइसकेका समर्थकहरुको इच्छा चार वर्षअघि कोलम्बियाले पूरा ग¥यो । टोली विवकपका लागि मात्रै छनोट भएन, आयोजक ब्राजिलसँग क्वाटरफाइनलमा पराजित हुनअघि उसले चार खेलमा जित निकाल्यो । अर्थात, आफ्नो शिर ठाडो पार्दै जोेसे पेकरम्यानको टोली घर फर्कियो । 

हामेज रोड्रिग्वेज यस प्रतियोगितामा सहभागी हुन आउँदा धेरै अङ्ग्रेजहरुलाई उनको नाम उच्चारण कसरी गर्ने भन्ने थाहा थिएन । प्रतियोगितामा ६ गोल गरेका रोड्रिग्वेज घर फर्कदासम्म अन्तर्राष्ट्रिय स्टार बनिसकेका थिए । उनले उक्त प्रतियोगितामा गोल्डेन बुट जिते । त्यस्तै, उरुग्वेविरुद्ध उनैले गरेको गोल सर्वोत्कृष्ट गोल ठहरियो । 

चार वर्षपछि न कोलम्बियासँग पहिलेको जस्तै उर्जा बाँकी छ । न त चोटग्रस्त हामेज रोड्रिग्वेजले नै पुरानो प्रदर्शन दोहो¥याएका छन् । उनले सम्झनलायक खेल प्रदर्शन गरेको भनेकै समुह चरणमा पोल्यान्ड विरुद्ध मात्रै हो  जहाँ, उनले दुई गोलका लागि अवसर सिर्र्जना गर्दा कोलम्बिया ३–० ले विजयी भयो । 

अब इङ्ल्यान्डको कुरा गरौँ, लामो समयसम्म इङ्ल्यान्डले आफ्नो कथित गोल्डेन जेनेरेशनमाथि भरोसा राख्यो । डेभिड बेकह्याम, पाउल स्कोल्स, माइक ओवेन, फ्रयाङ्क लाम्पार्ड, स्टीभन जेरार्ड, जोन टेरी हुँदै वेयन रुनीसम्मका स्टार खेलाडीले इङ्ल्यान्डलाई विश्वकप जिताउने हल्ला धेरै पिटियो । सन् १९९८ देखि सन् २०१४ सम्म सधंै इङल्यान्डलाई दाबेदारका रुपमा हेरिन्थ्यो । 

तर साँचो के हो भने सन् २००६ पछि इङल्यान्डले विश्वकपको नकआउट चरणमा खेल जित्न सकेको छैन । २००६ को विश्वकपमा बेकह्यामले इक्वेडर विरुद्ध निर्णायक गोल गरेपछि इङ्ल्यान्ड विजयी भएको थियो । तर क्वाटरफाइनलमा पोर्चुगलसँग पराजित भयो । सन् २०१० मा जर्मनीसँग पराजित भएर अन्तिम १६ बाटै घर फर्किएको इङ्ल्यान्ड गत संस्करणमा समुह चरणबाटै बाहिरिएको थियो । त्यो पनि सुरुवाती दुई खेलमा पराजित भएर अन्तिम खेल अगावै । 

त्यसयता इङ्ग्लिस टोलीमा व्यापक परिवर्तन देखिएको छ । स्टीभन जेरार्ड र फ्रायाङ्क लाम्पार्डजस्ता अनुभवी खेलाडीले विश्वकप लगत्तै सन्यास घोषणा गरे भने युरो २०१६ पछि वेयन रुनीले पनि सन्यास लिए ।

अहिलेको इङ्ग्लिस टोलीमा अधिकांश जुझारु खेलाडी छन् । अहिलेको टोलीका खेलाडीहरु पहिलेका खेलाडीको तुलनामा कम चर्चामा रहन्छ । तर, उनीहरुको प्रदर्शन शानदार रहदँै आएको छ । समूह चरणमा इङ्ल्यान्डले जापान र पानामाविरुद्ध निकालेको जितले त्यसको संकेत गरिसकेको छ । दुई खेलमा ५ गोल गर्दै ह्यारी केन सर्वोत्कृष्ट गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । 

कोलम्बियाको बलियो पक्ष 
हामेज रोड्रिग्वेजले अहिलेसम्म दुई विश्वकपमा गरेर केवल ७ खेल खेलेका छन् । त्यसमध्ये उनले ६ गोल र ४ एसिस्ट गरिसकेका छन् । २६ वर्षका रोड्रिग्वेजले कोलम्बियाबाट २१ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । 

त्यसैले उनीमाथि नै कोलम्बियाको ठूलो आशा छ । यद्यपि, चोटका कारण उनले आजको खेल खेल्नेमा शंका छ । 

लियोनल मेसीको अर्जेन्टिना वा रोनाल्डोको पोर्चुगलजस्तो कोलम्बिया वान म्यान टिम भने होइन । जुआन कुआर्डर्डाे, क्विन्टेरो, यारी मिना, फाल्काओजस्ता विश्वस्तरीय खेलाडी कोलम्बियाको टिममा छन् ।   उनीहरु यस प्रतियोगितामा मज्जाले छाएका छन् । 

तर, फल्काओमाथि शंका गर्ने ठाउँ छ । यी भेट्रान खेलाडीले चोटसँग जुध्नुपरेका कारण आफ्नो करियरको उत्तराद्र्धमा सोचेजस्तो खेल्न सकेनन् । अहिले पनि समुह चरण तीन खेल खेलिसक्दा उनी थकित भएका हुनसक्छन् । स्वभाविक खेल खेल्न सके भने उनले इङ्ल्यान्डको डिफेन्सलाई कडा परिश्रम गर्न बाध्य गराउनेमा शंका नगर्दा हुन्छ । 

हेड टु हेड 
यी दुई टोलीबीच अहिलेसम्म भएका ५ अन्तर्राष्ट्रिय भिडन्तमा कोलम्बिया विजयी हुन सकेको छैन । ३ खेल इङल्यान्डले जितेको छ भने २ खेल बराबरीमा सकिएको छ । विश्वकपमा यी दुई टोलीबीच एकपटक मात्रै प्रतिस्पर्र्धा भएको छ । सन् १९९८ को विश्वकप फुटबलअन्तर्गत समुह चरणको खेलमा इङ्ल्यान्डले २–० को जित निकालेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप