विश्वकप छनोट
कुशलको अर्धशतकमा नेपालद्वारा कुवेतलाई १४२ रनको लक्ष्य
बुधबार, २२ असोज २०८२, २२ : १३
सारांश
- कुशल भुर्तेलको अर्धशतकको मद्दतले नेपालले कुवेतलाई १४२ रनको लक्ष्य दियो।
- नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो।
- कुशल भुर्तेलले ६६ रन बनाए भने दिपेन्द्र सिंह ऐरी र गुलशन झाले २०-२० रन जोडे।
काठमाडौँ । कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासेफिक छनोटमा कुवेतलाई १४२ रनको लक्ष्य दिएको छ ।
अल इमिरेट्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो ।
नेपालका लागि कुशल भुर्तेलले ६६ रनको अर्धशतकीय पारी खेले । ५६ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै दिपेन्द्र सिंह ऐरीले र गुलशन झाले समान २०–२० रन बनाउँदा रोहित पौडेलले १६ रनको योगदान गरे । नेपालका लागि सदीप जोराले ५, कुशल मल्ल ४ र आसिफ शेखले २ रन जोडे ।
बलिङतर्फ कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्थामराले दुई–दुई विकेट लिए । त्यस्तै मोहम्द आक्विफ फारुख र मोहम्द अश्लामले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण