बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक, दयाहाङ र विजयको नोकझोक

बिहीबार, २३ असोज २०८२, १९ : ४५
बिहीबार, २३ असोज २०८२

काठमाडौँ । चलचित्र ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक ट्रेलरमा मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालबिचको नोकझोक देखाइएको छ ।

 आफू गरिब भएकै कारण अरूले हेपेको अनुभूत गर्ने विजय र आफूले ढुङ्गा, बालुवा उठाइरहेको खोलामा अर्कोले हस्तक्षेप गरेपछि त्यसलाई ठेगान लगाउने दयाहाङको नोकझोक ट्रेलरमा छ । 

दयाहाङ अगाडिपछाडि केटा लगाएर रवाफका साथ हिँडिरहेको देखिने ट्रेलरमा विजय एक नवयौवना समृद्धि अर्यालको प्रेममा छन् । 

कात्तिक ६ गते भाइटीकामा प्रदर्शनमा आउने चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ र विजयका साथै समृद्धि अर्याल,पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ । 

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् । 

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिलममा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।

मनकृष्ण महर्जनको छायाङ्कन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको सङ्गीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ भने चलचित्रलाई काठमाडौँ उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप