‘प्रदेश किन चाहियो भन्नेहरूले ८ वर्ष अघि र त्यसपछिको वीरेन्द्रनगर हेरे हुन्छ’
सुर्खेत । कर्णाली प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष योगेन्द्र शाहीले सङ्घीयता (प्रदेश) खारेज गर्नु नहुने तर्क गरेका छन् ।
उनले सङ्घीयता पश्चात् बनेका प्रदेश सरकारहरूले कतिपय उदाहरणीय कार्य समेत गरेकाले उक्त संरचना खारेज गर्न नहुने बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएको विकासको तस्बिर शेयर गर्दै भनेका छन्, ‘सङ्घीयतामा केही पनि भएन, प्रदेश किन चाहियो भन्नेहरूले ८ वर्ष अघिको वीरेन्द्रनगर र अहिलेको वीरेन्द्रनगर हेरे पुग्छ ।’
कर्णाली प्रदेश सरकार बनेदेखि अहिलेसम्म प्रदेश राजधानी वीरेन्द्रनगरमा अर्बौँ लगानी भएको छ ।
‘प्रदेशको राजधानीको पूर्वाधारका लागि पर्याप्त लगानी भएको छ, कर्णाली प्रदेश अस्पताल, प्रादेशिक रङ्गशाला जस्ता गौरवका आयोजनादेखि वीरेन्द्रनगरको सडक पूर्वाधारमा उदाहरणीय कार्य भएको छ,’ शाहीले भनेका छन्, ‘पार्क र पैदल मार्गहरू जस्ता अहम काम भएका छन् । यसमा स्थानीय सरकार र सङ्घको साथ रहेको छ ।’
शाही थप प्रश्न गर्छन्–‘हामी सङ्घीयता पूर्वको सुकेनास् वीरेन्द्रनगर चाहन्छौँ या अहिलेको गुल्जार हुँदै गरेको वीरेन्द्रनगर ? विवेकी भएर जवाफ खोजौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमतीको सभापतिमा ४ जनाको उम्मेदवारी कायम, सांसद भण्डारी बाहिरिए
-
कश्मीरको हिंसात्मक झडपमा मर्नेहरूको संख्या ३० नाघ्यो
-
२१ वर्षपछि बंगलादेशसँग अस्ट्रेलियाको ऐतिहासिक हार
-
अध्यागमन नीतिको मारमा विश्वकप: ट्रम्पसामु लाचार फिफा
-
अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको जवाफी आक्रमण
-
कैलालीमा युवकको कुटपिट गरी हत्या, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण