कञ्चनपुरमा करेन्ट लागेर युवतीकाे मृत्यु
शुक्रबार, २४ असोज २०८२, १८ : ००
कञ्चनपुर । कृष्णपुर नगरपालिका वडा नम्बर ७ कलुवापुरकी १६ वर्षीया युवतीको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार आफ्नै घरको विद्युतीय मोटरबाट नुहाउने क्रममा करेन्ट लाग्दा प्रतिमा रावलको मृत्यु भएको हो ।
करेन्ट लागेको थाहा पाएपछि तत्कालै उद्धार गरी उपचारका लागि आफन्त र प्रहरीको सहयोगमा सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिए पनि उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण