चलचित्र सोल्टिनीको नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक
काठमाडौँ । आगामी कार्तिक ६ गते भाइटिकाको दिन प्रदर्शनमा आउने चलचित्र ‘सोल्टिनी’को नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक गरिएको छ ।
गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर, प्रशान्त सिवाकोटीकै शब्द तथा संगीत छ । गीतको सङ्गीत संयोजन देवेश राईले गरेका हुन् ।
गीतको भिडियोमा चलचित्रका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबिचको प्रेम, पारिवारिक तथा सामाजिक अड्चनलाई देखाइएको छ ।
‘सोल्टिनी’लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । प्रकाश सपुत र परीक्षा लिम्बुको अलवा सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय फिल्ममा छ।
धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’कार्यकारी निर्माताका रूपमा संलग्न फिल्म इलाम, कन्याम, बिर्तामोड, पथरी र भोजपुरलगायतका रमणीय स्थलमा छायाङ्कन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण