आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कैलालीबाट ज्यान मार्ने उद्योगमा ११ जना पक्राउ

मङ्गलबार, २८ असोज २०८२, १७ : ०४
मङ्गलबार, २८ असोज २०८२

कैलाली । कैलालीमा ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

असोज २६ गते गोदावरी नगरपालिका वडा नम्बर ४ को एक होटेलमा खाना खाइरहेका डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर २ का २१ वर्षीय गौरव ऐरलाई धारिलो हतियार प्रहार गरेका उनीहरूलाई प्रहरीले मङ्गलबार धनगढीबाट पक्राउ गरेको हो ।

होटेलमा खाना खाइरहेका ऐरलाई धारिलो हतियारले प्रहार गरी उनको हातको औला काटिनुको साथै टाउको र घाटीमा चोट लागेको थियो । 

घाइते ऐरलाई तत्काल उपचारको लागि मायामेट्रो अस्पताल धनगढीमा पठाइएकोमा थप उपचारका लागि भारत लगिएको छ ।

प्रहरी कार्यालय कैलालीबाट खटिगएको प्रहरी टोलीले भारत भाग्ने क्रममा उक्त ११ जनाको समूहलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को नेपाल–भारतको सिमानाका रहेको त्रिनगर भन्सारबाट पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी–२ का २९ वर्षीय सन्नी भनिने भीम नेपाली, धनगढी–२ कै १८ वर्षीय अनुपम सिंह, कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ का २३ वर्षीय किरण महरा, धनगढी– २ बस्ने १८ वर्षीय मुस्कान सिंह पक्राउ परेका छन् ।

यस्तै पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका २ का २० वर्षीय बबिन सिंह, कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ का २६ वर्षीय गोविन्द बलायर, धनगढी– २ का २६ वर्षीय गोपाल भट्ट, धनगढी– ३ का १८ वर्षीय विशाल बोहरा, १८ वर्षीय प्रिन्स सिंह, कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर १० बस्ने ३२ वर्षीय दिनेश बिक र कञ्चनपुरकै पुर्नवास–१० का ३२ वर्षीय अनिल बिक रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप