आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

ओमानविरुद्ध नेपालले सुरुमा ब्याटिङ गर्ने, एक खेलाडी परिवर्तन

बुधबार, २९ असोज २०८२, २० : १७
बुधबार, २९ असोज २०८२

सारांश

  • नेपालले ओमानसँग टी-२० विश्वकप २०२६ को छनोट खेल खेल्दैछ, जसमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
  • सन्दीप जोराको स्थानमा लोकेश बमलाई खेलाउँदै, नेपालले यूएईलाई पराजित गरेपछि दुई खेल अगावै विश्वकपमा स्थान पक्का गरेको छ।
  • नेपाल र ओमान हालसम्म अपराजित छन्, तर ओमान रनरेटमा अगाडि छ, र नेपालले छनोट प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेको छ।

काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप २०२६ मा स्थान बनाएको नेपालले आज राति ओमानसँग खेल्दै छ । असअन्तर्गत अल अमरेट क्रिकेट स्टेडियममा नेपालले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको छ । 

आज नेपालले नियमित खेलाडीमा एक जना परिवर्तन गरेको छ, सन्दीप जोराको स्थानमा लोकेश बमलाई स्थान दिइएको छ । 

बुधबार एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत यूएईले सामोआलाई ७७ रनले पराजित गरेसँगै नेपाल दुई खेल अगावै विश्वकपमा पुगेको हो । नेपालले ओमानपछि आज पराजित हुने सामोआसँग खेल्ने छ । नेपाल र ओमान दुवै हालसम्म अपराजित छन् । रनरेटमा भने नेपालभन्दा ओमान माथि छ । 

यसअघि नेपालले यूएई र कतार दुवैसँग आश्चर्यजनक जितको नतिजा निकालेको थियो । आजै विश्वकपमा स्थान बनाएको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिने छ । 

नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो । त्यसपछि सन् २०२४ मा विश्वकप खेलेको थियो । नेपालको अबको लक्ष्य छनोट प्रतियोगिताको उपाधि जित्ने हुनेछ । आजको खेलमा जित निकाल्न सके नेपाल छनोट प्रतियोगिताको उपाधि जित्ने लक्ष्यबाट एक कदम मात्र पछि हुनेछ । 

नेपाल र ओमान आज छनोट प्रतियोगिताको सुपर सिक्सको चौथो खेलमा भिड्दै छन् । दुवै टोली छनोट प्रतियोगितामा हालसम्म अपराजित छन् । 

टी-२०आईमा नेपाल र ओमान हालसम्म ८ पटक भिडेका छन्, जहाँ नेपालले ५ खेल जित्दा ओमानले ३ खेलमा विजयी भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप