आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

आईपीएल खेलेका डार्शी शर्ट लुम्बिनी लायन्समा अनुबन्ध

बिहीबार, ३० असोज २०८२, १७ : ५३
बिहीबार, ३० असोज २०८२

काठमाडौँ । लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अस्ट्रेलियाका डार्शी शर्टलाई अनुबन्ध गरेको छ ।   

अस्ट्रेलियाको प्रतिनिधित्व गरिसकेका डार्शीलाई पहिलो विदेशी खेलाडीका रूपमा लायन्सले टिममा अनुबन्ध गरेको हो । डार्शीले अस्ट्रेलियाबाट सन् २०१८ देखि २०२० सम्म टी–२० आई र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । 

बायाँहाते ओपनिङ ब्याटर डार्शीसँग भारतीय प्रिमियर लिग (आईपीएल), बिग बासजस्ता विश्वस्तरीय लिग खेलेको अनुभव छ । ३५ वर्षीय डार्शीको आगमनले ब्याटिङ लाइन थप मजबुत हुने लुम्बिनीले अपेक्षा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप