शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालले सामोआविरूद्ध पहिला ब्याटिङ गर्ने, टिममा तीन खेलाडी परिवर्तन

शुक्रबार, ३१ असोज २०८२, १५ : ४०
शुक्रबार, ३१ असोज २०८२

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको अन्तिम खेलका रूपमा शुक्रबार सामोआविरुद्ध खेल्दैछ । 

आज अपराह्न ४१५ बजेदेखि अल इमिरेट्स क्रिकेट मैदानमा सामोआले टस जितेर बलिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिला ब्याटिङ गर्नेछ ।

नेपालले सामोआविरुद्धको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ ।

आजको खेलमा सोमपाल कामी, कुशल मल्ल र आदील आलम अटाएनन् । उनीहरूको ठाउँमा करण केसी, आरिफ शेख र ललित राजवंशी समावेश छन् । 

नेपाल आजको खेलमा जित निकाल्दै छनोटको ट्रफी उचाल्ने योजनामा हुनेछ । आजको खेलमा झिनो अन्तरले पराजित भए पनि ओमानसँग नेट रन रेटका आधारमा नेपालले ट्रफी उचाल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप