रास्वपाबाट बाहिरिए वरिष्ठ अधिवक्ता घिमिरे
सारांश
- वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग भएका छन्।
- घिमिरेले रास्वपाको कानुन विभागलगायत विभिन्न विभागहरूमा योगदान गरेका थिए।
- उनले गैरआवासीय नेपालीका समस्या समाधान गर्ने कानुनी मस्यौदा तयार पारेका थिए।
काठमाडौँ । वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको आफ्नो आबद्धता तोडेका छन् । पार्टीका कार्यवाहक महामन्त्रीलाई सम्बोधन गरी लेखिएको पत्रमार्फत वरिष्ठ अधिवक्ता घिमिरेले शुक्रबारदेखि आफू पार्टीमा नरहने जानकारी गराएका हुन् ।
उनले केही वर्षदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कानुन विभाग लगायत अन्य विभागहरूमा कानुन, नीति, नियमावली र पार्टीको विधान मस्यौदा कार्यदलमा रहेर योगदान गर्दै आएका थिए ।
घिमिरेले खासगरी प्रवासी नेपाली र गैरआवासीय नेपालीसँग सम्बन्धित विद्यमान कानुनको गहन पुनरावलोकन गरी उनीहरूका समस्या समाधान गर्ने कानुनी मस्यौदा तयार पारेका थिए ।
गैरआवासीय नेपालीलाई नेपालको विकास निर्माणसँग जोड्ने कानुनी बाटो बलियो बनाउन नागरिकता, लगानी लगायतका कानुनमा संशोधन गर्नु पर्ने सुझाव उनले तयार गरेका थिए । साथै, संविधान र कानुनको संशोधनको पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अगुवाइ गर्नुपर्ने कुरा उनले उठाउँदै आएका थिए ।
रवि लामिछानेको सहकारी मुद्दामा कास्की जिल्ला अदालतमा कानुन विज्ञको भूमिका निर्वाह गरे पनि अन्य अदालतमा रवि लामिछानेविरुद्ध दायर गरिएका मुद्दाहरूमा भने संलग्न थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण