आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग

आइतबार, ०२ कात्तिक २०८२, १६ : ३८
आइतबार, ०२ कात्तिक २०८२

सारांश

  • टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग गरिएको छ।
  • सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारले शिक्षा मन्त्रीलाई भेटेर जग्गा संरक्षणको माग गरेका हुन्।
  • मन्त्री पुनले आयोग गठनको मागलाई स्वीकार्दै आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए।

कैलाली। कैलालीस्थित टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका  उच्चस्तरीय आयोग गठनको माग गरिएको छ । 

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त र रजिस्ट्रार प्राडा विनोद लेखकलगायतको टोलीले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई भेटेर  क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा संरक्षणका लागि माग गरेका हुन् ।

उपकुलपति प्राडा पन्तले अतिक्रमित जग्गाको समस्या समाधानका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरी तत्काल पहल गर्न लिखित रूपमा अनुरोध गरिएको बताए । 

त्यस अवसरमा मन्त्री पुनले विश्वविद्यालयका प्रतिनिधिको मागप्रति सकारात्मक रहेको र उक्त विषयमा तत्काल आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको रजिस्ट्रार प्राडा लेखकले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप