समाचार
भीमदत्त नगरपालिकाको मालिकार्जुन टोल, जहाँ दीपावली गरिएन
सोमबार, ०३ कात्तिक २०८२, २० : ०७
कैलाली । भीमदत्त नगरपालिकाको वडा नम्बर ३ स्थित मालिकार्जुन टोलका कैयौँ परिवारले सोमबार साँझ दीपावली गरेनन् ।
लक्ष्मी पूजाको अवसरमा सर्वत्र झिलिमिली हुँदा पनि यो टोल सामान्य रह्यो । प्यालेस्टिनी लडाकु समूह ‘हमास’को नियन्त्रणमा रहँदा ज्यान गुमाएका विपिन जोशीको घर यही टोलमा छ ।
जोशीको शव सोमबार काठमाडौँबाट धनगढी हुँदै घरमा ल्याइने भएपछि छरछिमेकीले दीपावली नमनाएका हुन् ।


Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण