ह्यान्ड स्यानिटाइजरमा प्रयोग हुने इथेनोल क्यान्सरजनक हुनसक्ने, ईयूमा प्रतिबन्धको चर्चा
सारांश
- ईयूले ह्यान्ड स्यानिटाइजरमा प्रयोग हुने इथेनोललाई क्यान्सरजन्य पदार्थको रूपमा वर्गीकरण गर्ने विचार गर्दैछ।
- ईसीएचएले इथेनोललाई प्रतिस्थापन गर्न सिफारिस गरेको छ किनकि यसले क्यान्सर र गर्भावस्थामा जटिलता निम्त्याउन सक्छ।
- अन्तिम निर्णय युरोपेली आयोगले गर्नेछ, तर डब्लुएचओले भने इथेनोललाई सुरक्षित मान्दै आएको छ।
लण्डन । युरोपेली संघ (ईयू) ले धेरै ह्यान्ड स्यानिटाइजरमा प्रयोग हुने इथेनोललाई क्यान्सरको जोखिम बढाउने खतरनाक पदार्थको रूपमा वर्गीकरण गर्ने विषयमा विचार गरिरहेको छ।
फाइनान्सियल टाइम्सले मंगलबार छापेको रिपोर्ट अनुसार, युरोपेली रसायन एजेन्सी (ईसीएचए) भित्रको एक समूहले अक्टोबर १० मा गरेको आन्तरिक सिफारिसले इथेनोललाई विषालु पदार्थको रूपमा चिह्नित गरेको छ। यसले क्यान्सर र गर्भावस्थामा जटिलताको जोखिम बढाउने भन्दै सफाइ लगायतका उत्पादनहरूमा यसलाई प्रतिस्थापन गर्न आवश्यक रहेको औंल्याएको छ।
ईसीएचएको बायोसाइडल प्रोडक्ट कमिटी नोभेम्बर २५ देखि २८ बिचमा बैठक बस्दैछ। यदि विशेषज्ञ समितिले ‘इथेनोल कार्सिनोजेनिक (क्यान्सरजन्य) छ’ भन्ने निष्कर्ष निकाल्यो भने यसलाई प्रतिस्थापन गर्न सिफारिस गरिने फाइनान्सियल टाइम्सले जनाएको छ। अन्तिम निर्णय भने युरोपेली आयोगले गर्नेछ।
यद्यपि, एजेन्सीले कुनै निर्णय नभएकोमा जोड दिँदै भनेको छ, यदि ‘अपेक्षित जोखिम स्तरलाई ध्यानमा राख्दै ती बायोसाइडल प्रयोगहरू सुरक्षित मानिए वा कुनै विकल्प फेला नपरे, भने इथेनोल अझै स्वीकृत’ हुन सक्छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने इथेनोललाई हातको सरसफाइका लागि सुरक्षित मान्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण