समाचार
बालेनले भने– रगत पिएर अरूलाई लुसिफर भन्छौ, लाज लाग्दैन ?
बुधबार, ०५ कात्तिक २०८२, १८ : ३६
२
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाहले नेताहरूप्रति कटाक्ष गरेका छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महानगर प्रमुख शाहले गत भदौ २३ र २४ गतेको घटनालाई लिएर नेताहरूमाथि कटाक्ष गरेका हुन् ।
तुइन र काठको पुल बनाउने नेताहरूले नै मुलुक विदेशीले बिगारेको भन्ने गरेको उनले बताए । नेताहरूलाई लक्षित गर्दै उनले अगाडि भने, 'भिसा पाउनलाई तिमिहरूको घर धाउनुपर्छ अरूलाई एजेन्ट भन्छौ !'
जेनजीहरुको आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको र कांग्रेसले एमालेको जलाएको बताउँदै महानगर प्रमुख शाहले भने,'दोष आफ्नो बालबच्चालाई दिन्छौ ! चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?'

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण