मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

श्रीमतीले मेस्सीभन्दा रोनाल्डो भनेपछि रिसाएका श्रीमानले पठाए सम्बन्धविच्छेदको नोटिस, सन् २००२ को विश्वकपमा भेटेका थिए

आइतबार, १७ असार २०७५, ११ : ५४
आइतबार, १७ असार २०७५

रुसमा आयोजित विश्वकपबाट अर्जेन्टिना र पोर्चुगलको टीम बाहिरिसकेको छ । यद्यपी, यी दुई समूहका समर्थकबीच अहिले पनि लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने बारे बहस जारी छ । ताजा घटना आयोजक देश रुसको नै हो । यहाँका एक व्यक्तिले आफ्नी श्रीमतीले मेस्सीभन्दा रोनाल्डो राम्रो बताएका कारण सम्बन्धविच्छेदको नोटिस पठाएका छन् ।

घटना २६ जूनको हो । त्यस दिन अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हराएको थियो । उक्त जितपछि आर्सेन नामका एक व्यक्तिले मेस्सीको उत्कृष्ट प्रदर्शनीका कारण खुसीयाली मनाउन सुरु गरे । यतिबेला उनकी श्रीमती ल्युडमिलाले रोनाल्डोलाई राम्रो भनेर आर्सेनलाई जिस्काउन सुरु गरिन् । यसले आर्सेनलाई दुखी तुल्यायो । त्यसपछि उनले रिसमा घर छोडे । यतिमात्र होइन उनले भोलिपल्ट बिहान ल्युडमिलालाई सम्बन्धविच्छेदको नोटिस पठाए ।

सन् २००२ विश्वकपका बेला प्रेम बस्योः

रुसी पत्रिका आगुमेन्तो आई फाक्तीलाई दिएको अन्तर्वार्तामाअ आर्सेनले ल्युडमिलासँग सन् २००२ को विश्वकपका बेला भेट भएको जानकारी दिए । केही समयको प्रेमपछि उनीहरुले विवाह गरे । आर्सेनका अनुसार यो विश्वकपमा ल्युडमिला लगातार मेस्सीको नाम लिएर उनलाई जिस्काइरहेकी थिइन् । साथै, आइसल्याण्डविरुद्ध मेस्सीले पेनाल्टी मिस गरेको भन्दै पनि जिस्काइरहेकी थिइन् । उनले भने, ‘यही कारणले मैले घर र ल्युडमिलालाई सधैंका लागि छोड्ने निर्णय गरें ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप