भाइटीकाको दिन कुन राशिको भाग्य कस्तो ?
वि.सं.२०८२ साल कार्तिक ६ गते । बिहीबार । ईश्वी सन् २०२५ अक्टोबर २३ तारिख । नेपाल संवत् ११४६ ।
सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक शुक्लपक्ष । तिथि–द्वितीया, बेलुकी ८ बजेर २४ मिनेट उप्रान्त तृतीया । नक्षत्र–विशाखा, रातको ३ बजेर ४६ मिनेट उप्रान्त अनुराधा ।
योग–आयुष्मान्, रातको ५ बजेर ४ मिनेट उप्रान्त सौभाग्य । करण–बालव, बिहान ७ बजेर २१ मिनेट उप्रान्त कौलव, बेलुकी ८ बजेर २४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–तुला । यम द्वितीया । भाइ टीका । किजा पूजा।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २५ मिनेट । दिनमान २८ घडी ११ पला ।
आजको बार बेला
- बिहान ६ बजेर ९ मिनेटसम्म शुभ बेला ।
- बिहान ६ बजेर १० मिनेटदेखि बिहान ७ बजेर ३४ मिनेटसम्म रोग बेला ।
- बिहान ७ बजेर ३५ मिनेटदेखि बिहान ८ बजेर ५८ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ८ बजेर ५९ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म चर बेला ।
- बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म लाभ बेला ।
- बिहान ११ बजेर ४८ मिनेटदेखि दिउसो १ बजेर १२ मिनेटसम्म अमृत बेला ।
- दिउसो १ बजेर १३ मिनेटदेखि दिउसो २ बजेर ३६ मिनेटसम्म काल बेला ।
- दिउसो २ बजेर ३७ मिनेटदेखि बेलुकी ४ बजेर १ मिनेटसम्म शुभ बेला ।
- बेलुकी ४ बजेर २ मिनेटदेखि बेलुकी ७ बजेर १ मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउसो १ बजेर ११ मिनेटदेखि दिउसो २ बजेर ३५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रह्म मुहूर्त
बिहान ४ बजेर ३२ मिनेटदेखि बिहान ५ बजेर २० मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्त तथा घर परिवारसँगको भेटघाटले मन प्रसन्न हुनेछ । पारिवारिक माहौलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । दिदीबहिनी तथा दाजुभाइ बिचको सम्बन्ध थप सुमधुर हुनेछ । तर पनि स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरू प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटीले ऊर्जा तथा आत्मविश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा हात हाल्दा व्यावसायिक रूपमा घाटा लाग्नेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। दाजुभाइ तथा दिदी बहिनीहरू बिचको प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामबाट पनि फुर्सद पाइनेछ। व्यापारकै सिलसिलामा यात्रा हुने योग रहेको छ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जानेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । आफन्त,दाजुभाइ तथा दिदीबहिनीहरूसँगको भेटमा रमाइलो गर्दै समय व्यतीत हुनेछ । खानपान, मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने मित्रहरूको सहयोग रहनाले समयमा कामहरू बन्नेछन् । भौतिक सम्पत्ति तथा विलासी वस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको सिलसिलामा यात्रा गर्न सकिने समय रहेको । आफन्त तथा दिदीबहिनीबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको योग रहेको । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
भौतिक सम्पत्ति तथा विलासी वस्तुको व्यापार कमै हुनेछ भने कृषि तथा पशुपालन व्यावसायिक फस्टाएर जानेछ । दिदीबहिनी सँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । भेटघाट, मिष्टान्न भोजन तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । तर पनि राजनीति तथा समाजसेवीहरूले समाजमा काम देखाउन नसक्दा विश्वास जित्न अलि बढी नै समय खर्चनु पर्नेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ । दाजुभाइ, दिदीबहिनी सँगको सम्बन्धमा सुधार भएर जानेछ । भेटघाट, मिष्टान्न भोजन तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
परिवार, दाजुभाइ तथा दिदीबहिनीसँगको सम्बन्ध सुमधुर हुनेछ । परिवार तथा नजिकका मानिसबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । रात्रिकालीन साङ्गीतिक कार्यक्रममा सहभागी हुन पाउँदा मन प्रसन्न हुनेछ ।
- वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा वृद्धि भएर जानेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । दिदीबहिनी तथा दाजुभाइको सम्बन्धमा सुमधुरता थपिनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदा रहँदै दिन बित्नेछ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागे पनि सम्बन्ध प्रगाढ हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागी दिन प्रभावकारी रहनेछ । दिदीबहिनी तथा दाजुभाइ बिचको सम्बन्ध थप सुधार हुने तथा उपहार प्राप्तिको योग रहेको ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग हुनेछ । माया प्रेममा सामीप्य बढेर जाने ग्रहयोग रहेको । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । इच्छा आकाङ्क्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेको । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
भाग्य तथा समयले साथ दिने हुँदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् । खोजमूलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी दिन राम्रो रहेको । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । पारिवारिक मिलन तथा दाजुभाइ तथा दिदी बहिनी बिचको सम्बन्ध झन् प्रगाढ भएर जानेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयातित चामलको भरमा कति दिन चल्ला हाम्रो भान्सा ?
-
भूकम्पको पाँचौँ दिन पनि चमत्कारिक उद्धार : दुई बालकसहित ३३ जनालाई सुरक्षित निकालियो
-
उदयपुरमा जङ्गली हात्तीले ६ घर भत्कायो
-
बाँकेमा खेतका फाँट धुलाम्मे
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
-
२७ टोलीलाई पछि पार्दै ‘द इभिल्स’ बन्यो पर्यटन ह्याकाथनको विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण