दार्चुलामा जात्राको रौनक सुरु
दार्चुला । तिहारसँगै यहाँका विभिन्न स्थानमा जात्राको रौनक सुरु भएको छ । भाइटिका अर्थात द्वितीया तिथिबाट सुरु हुने जात्रा पूर्णिमाको दिन सकिन्छ ।
यहाँका शैल्यशिखर, महाकाली नगरपालिका, मालिकार्जुन र लेकम गाउँपालिकामा करिब एक महिनासम्म रात्रिकालीन जात्रा लाग्ने गर्दछ ।
शैल्यशिखर नगरपालिकाको लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुन गाउँपालिकाको लटिनाथ कैयलपाल मन्दिर चौडमा आजदेखि जात्रा सुरु हुन्छ ।
जिल्लाको सबैभन्दा ठूलो शैल्यशिखरमा त्रयोदशीको दिन र मालिकार्जुन जात्रा चतुर्दशीमा सकिन्छ । यहाँको लेकाली क्षेत्रमा दशैँ तिहारभन्दा जात्रालाइ बढी महत्व दिइन्छ ।
आजको दिन भाइटिका लगाएपछि शैल्यशिखर–७ स्थित लटिनाथ मन्दिर बन्तोली, मालिकार्जुन–३ स्थित लटिनाथ मन्दिर चौडमा जात्रा लाग्ने गर्दछ ।
यहाँका स्थानीयले जात्राको तयारी एक महिना अघिदेखि सुरु गर्छन् । जात्राको पूर्वसन्ध्यामा लेकम–५ मैखोली खर्क तथा मालिकार्जुन–३ लटिनाथ मन्दिर चौडमा सरसफाइ गरिएको स्थानीय राधावल्लव जोशीले जानकारी दिए ।
लटिनाथ मन्दिर बन्तोलीको व्यवस्थापन समितिले जात्रा अवधिभर मदिरा सेवन, जुवातास र अवाञ्छित गतिविधि पूर्णरूपमा निषेध गरेको जात्रा संयोजक मनिराज जोशीले बताए ।
जात्रामा भक्तजनले पूजाआजा गर्नुका साथै दमाहालगायत बाजा बजाउने, डेउडा खेल्ने गर्दछन् । जात्राका लागि पहाड पुख्र्यौली घर भइ तराई बसोबास भएका तथा कामका सिलसिलामा गाउँ बाहिर गएकाहरू समेत फर्किएपछि यहाँका गाउँहरुमा जात्राको चलहपहल बढेको हो ।
जात्रालाई शान्त र भयरहित बनाउन जिल्ला प्रशासन कार्यालयले सुरक्षा रणनीति बनाएर सुरक्षाकर्मी परिचालन गरेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण