आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

पोखरा एभेन्जर्सले भित्र्यायो इङ्ल्यान्डका एडम रोसिङटन

शुक्रबार, ०७ कात्तिक २०८२, १३ : ४०
शुक्रबार, ०७ कात्तिक २०८२

पोखरा । पोखरा एभेन्जर्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि इङ्ल्यान्डका अनुभवी विकेटकिपर तथा आक्रामक ब्याटर एडम रोसिङटनलाई टिममा अनुबन्ध गरेको छ।

आगामी मङ्सिर १ देखि २७ गतेसम्म आयोजना हुने एनपीएलका लागि टोलीको शीर्षक्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई समावेश गरिएको हो। उनी नेपालमा पहिलो पटक प्रतियोगिता खेल्दै छन्।

रोसिङटनले घरेलु स्तरको क्रिकेटमा लामो करियर बिताएका छन्। मिडलसेक्सबाट खेल जीवन सुरु गरेका उनी पछि नर्थह्याम्पटनसायर र एसेक्समा सक्रिय रहे। उनले काउन्टी क्रिकेटमा एक सयभन्दा बढी पहिलो श्रेणीका खेल र सयौँ टी-२० खेल खेलेका छन्।

उनले विश्वभरका प्रमुख टी-२० लिगहरूमा पनि अनुभव बटुलेका छन्। पाकिस्तान सुपर लिगमा कराची किङ्स र दक्षिण अफ्रिकाको एसए-२० मा सनराइजर्स ईस्टर्न केपबाट खेल्दै उनले पहिलो संस्करणमै उपाधि जित्न सहयोग गरेका थिए। साथै, उनले यूएईको आईएलटी-२० मा दुबई क्यापिटल्स र इङ्ल्यान्डको द हन्ड्रेड लिगमा लन्डन स्पिरिटको प्रतिनिधित्व गरिसकेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप