मलेसियामा ट्रम्पकाे विरोधमा नाराबाजी
आइतबार, ०९ कात्तिक २०८२, १३ : ३०
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसिया भ्रमणमा जाँदा उनको विरुद्धमा प्रदर्शन भयो।
- क्वालालम्पुरमा ट्रम्प विरोधी र्याली आयोजना गरिएको थियो, जसमा प्रदर्शनकारीहरूले नाराबाजी गरे।
- ट्रम्पको एसिया भ्रमणको क्रममा मलेसियामा थाइल्यान्ड र कम्बोडियाले शान्ति सम्झौतामा हस्ताक्षर गरे।
क्वालालम्पुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला मलेसियाको भ्रमणमा छन् । उनी भ्रमणमा रहेकै समयमा उनको विरुद्धमा प्रदर्शन भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा ट्रम्प विरोधी र्याली आयोजना गरिएको थियो ।
समाचार एजेन्सी एएफपीले प्रसारण गरेको एउटा भिडियोमा प्रदर्शनकारीहरूले ट्रम्पविरुद्ध नाराबाजी गरेको देखाइएको छ । धेरैले प्यालेस्टिनी झण्डा फहराउँदै ‘ट्रम्प, मलेसियामा तपाईंलाई स्वागत छैन’ लेखिएको ब्यानर राखेर प्रदर्शन गरेका थिए ।
ट्रम्प हाल एसियाको एक हप्ता लामो भ्रमणमा छन् । मलेसियामा उनको उपस्थितिमा थाइल्यान्ड र कम्बोडियाले आफ्नो सीमा विवाद अन्त्य गर्न शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइड्रेसन प्रविधिको बढ्दो लोकप्रियताः के तपाईंलाई आफ्नो ‘पसिनाको स्कोर’ थाहा छ ?
-
सेयर बजारमा १४.४५ अंकको गिरावट, ४ अर्ब ४१ करोडको कारोबार
-
महाधिवेशन नसकिँदै चितवन छाड्न थाले रास्वपाका नेता, कार्यकर्ता
-
रास्वपा महाधिवेशन : भुईँदेखि भित्तासम्म असरल्ल छरिएका उम्मेदवारका प्रचार सामग्री, तस्बिरहरू
-
मन्त्रालयको संख्या घटाएको सरकारले मन्त्रीका स्वकीयको संख्या ९ पुर्यायो
-
वीरगञ्जको नीति तथा कार्यक्रम : सुशासनयुक्त महानगरमा जोड, नागरिक केन्द्रित सेवा प्रणाली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण