सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
राशिफल

कुन राशिका लागि आजको दिन शुभ ?

सोमबार, १० कात्तिक २०८२, ०६ : २४
सोमबार, १० कात्तिक २०८२

वि.सं.२०८२ साल कार्तिक १० गते । सोमबार । ईश्वी सन् २०२५ अक्टोबर २७ तारिख । नेपाल संवत् ११४६ ।

सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक शुक्लपक्ष । तिथि–षष्ठी, ५३ घडी ३१ पला, रातको ३ बजेर ३६ मिनेट उप्रान्त सप्तमी ।

नक्षत्र–मूल, ११ घडी ५० पला, बिहान १० बजेर ५५ मिनेट उप्रान्त पूर्वाषाढा । योग–अतिगण्ड, ० घडी १० पला, बिहान ६ बजेर १६ मिनेट उप्रान्त सुकर्मा । करण–कौलव, दिउसो २ बजेर ५९ मिनेट उप्रान्त तैतिल, रातको ३ बजेर ३६ मिनेट उप्रान्त गर ।

आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–धनु । छठपर्व ।

सूर्योदय र सूर्यास्त : 

  • काठमाडौँमा सूर्योदय: बिहान ०६:१२ बजे
  • सूर्यास्त: साँझ ०५:२२ बजे
  • दिनमान: २७ घडी ५६ पला

विशेष समय निर्धारण

  • बार बेला (शुभ/अशुभ समय)
  • समय अवधि बेला
  • बिहान ०६:१२ देखि ०६:१३ बजेसम्म अमृत बेला
  • बिहान ०६:१३ देखि ०७:३५ बजेसम्म काल बेला
  • बिहान ०७:३६ देखि ०८:५९ बजेसम्म शुभ बेला
  • बिहान ०९:०० देखि १०:२३ बजेसम्म रोग बेला
  • बिहान १०:२४ देखि ११:४७ बजेसम्म उद्धेग बेला
  • बिहान ११:४८ देखि दिउँसो ०१:११ बजेसम्म चर बेला
  • दिउँसो ०१:१२ देखि ०२:३४ बजेसम्म लाभ बेला
  • दिउँसो ०२:३५ देखि ०३:५८ बजेसम्म अमृत बेला
  • दिउँसो ०३:५९ देखि बेलुकी ०६:५८ बजेसम्म चर बेला

नोट: शुभकार्य तथा यात्राका लागि लाभबेला र अमृत बेलाको समय पारेर गर्नु उचित हुन्छ ।

राहुकाल

समय: बिहान ०७:३५ बजेदेखि बिहान ०८:५९ बजेसम्म राहुकाल रहनेछ ।

सल्लाह: राहुकालको समयमा कुनै पनि शुभ कार्यको थालनी नगर्नुहोला ।

ब्रह्म मुहूर्त

समय: बिहान ०४:३५ बजेदेखि बिहान ०५:२३ बजेसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

धर्म तथा अध्यात्म क्षेत्रसँग सम्बन्धित व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । कार्यक्षेत्रमा सहकर्मीको साथ रहने हुनाले उपलब्धि हासिल गर्न सकिनेछ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रेम सम्बन्ध सुमधुर रहनेछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो ठाउँको भ्रमण हुने योग छ । भौतिक सुखसुविधामा वृद्धि हुनेछ ।

  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेको छ । आफन्त तथा दिदीबहिनीको सहयोगले महत्त्वपूर्ण काम गर्न सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कर्म प्राप्तिको निमित्त लामो दूरीको यात्राको तय हुनेछ । योग, ध्यान तथा धर्मकर्ममा मन जानेछ ।

  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

जीवनसाथीको सहयोगले राम्रा तथा उपलव्धीमूलक कामहरू गर्न सकिनेछ । व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दूरीको यात्रा हुन सक्छ । अध्ययन अध्यापनमा मन जाने तथा खोजमूलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारी साधन तथा विलासी सामान हात लागी हुने योग रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रमा मन आकर्षित हुनेछ ।

  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तसँग हुने भेटघाटले मन प्रफुल्लित हुनेछ । लगानी फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरू बढ्नेछन् । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा मन जानेछ ।

  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपहार तथा विलासी वस्तु प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । धार्मिक कार्यमा मन जाने तथा धार्मिक यात्रा हुनेछ ।

  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

राजनीति तथा समाजसेवामा गरेको परिश्रमले पद प्रतिष्ठा दिलाउने हुनाले मन प्रसन्न हुनेछ । व्यापार व्यवसायमा मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले पनि राम्रो आम्दानी गर्न सक्नेछन् । माया प्रेममा नजिक हुने समय रहेको छ भने पति पत्नीबिच प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म तथा अध्यात्म र धार्मिक यात्रामा समय व्यतीत हुनेछ ।

  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समय तथा भाग्यले साथ दिने हुँदा सानो लगानीबाट पनि भनेजस्तो आम्दानी गर्न सकिनेछ । पराक्रमी तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सूचना प्रविधिको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तको सहयोग पाइनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ । अनलाइन व्यापार, निर्माण सामग्री तथा विलासी सामानको व्यापारमा लगानी गर्नेहरूका लागि समय उत्तम छ । धर्मकर्ममा मन जानेछ ।

  • बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

धन भावमा गोचर गर्ने शुभ चन्द्रमाले धर्मसँग सम्बन्धित सामानको लगानीबाट आम्दानीमा बढोत्तरी हुनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा मन जानेछ । आफ्ना भनाइहरू जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाइलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहनेछ ।

  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई विस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले समयको सूक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेको छ । धार्मिक कार्यमा सरिक हुन पाउँदा मन प्रसन्न हुनेछ ।

  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

लामो दूरीको विदेश यात्राको योग छ भने विदेशबाट सञ्चालित संस्था, एनजीओ तथा आइएनजीओमा काम पाउने प्रबल सम्भावना रहेको छ । विदेशमा बसेर पेशा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरूका लागि दिन फलदायी रहनेछ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । अग्रज आफन्त तथा साथीभाइका साथ रमाइलो गर्दै दिनलाई कटाउन सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । धर्मकर्ममा मन जाने तथा धार्मिक कार्यमा सरिक हुन पाउँदा मन प्रसन्न हुनेछ ।

  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नेछन् । परिवारका इच्छा, आकाङ्क्षा तथा मनोकामना पूर्ति गर्न सकिनेछ । पैतृक धन तथा सञ्चित धनको प्रयोग गरि आम्दानीमा वृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरूलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमील जोडीहरूका लागि समय उत्तम रहेको छ । मनमा धार्मिक प्रवृत्ति जागृत हुने तथा धर्ममा मन जानेछ ।

  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पैतृक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने कृषि पशुपालन व्यवसाय फस्टाएर जानेछ । व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले पद प्राप्तिको योग रहेको छ । प्रेमील जोडीहरूका लागि समय उत्तम रहेको छ । योग, ध्यान तथा धार्मिक कार्यमा समय व्यतीत हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

ज्योतिषी दुर्गा प्रसाद भण्डारी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप