बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धनगढीमा कार दुर्घटना, चालकसहित चार जना घाइते

सोमबार, १० कात्तिक २०८२, ०९ : २३
सोमबार, १० कात्तिक २०८२

सारांश

  • धनगढीमा कार दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।
  • दुर्घटनामा घाइते हुनेहरूमा कञ्चनपुर र धनगढीका व्यक्तिहरू छन् ।
  • घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ र उपचार भइरहेको छ।

धनगढी । धनगढीमा कार दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । गएराति १ बजे धनगढी उपमहानगरपालिका–१३ मोहनपुरमा धनगढी–अत्तरिया छ लेन सडकखण्डमा से १ च १७२५ नम्बरको कार दुर्घटना भएको हो ।

दुर्घटनामा कार चालक कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ४७ वर्षीय भोजराज राना, भीमदत्त नगरपालिका–१४ का ३७ वर्षीय उपदेश ठाकुर, धनगढी उपमहानगरपालिका–४ बस्ने २८ वर्षीया सनिशा चौधरी र ३५ रामशरण राना घाइते भएका छन् ।

कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार घाइते मध्ये चालक रानाको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जना खतरामुक्त छन् । चालकको नवजीवन अस्पताल र अन्य तीन जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप